२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकल चोरीमा संलग्न आरोप ५ जना पक्राउ

मोरङको विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।  

मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा कटहरी गाउँपालिका–६ का १९ वर्षीय प्रकाश सरदार, धनपालथान गाउँपालिका–५ का २० वर्षीय दीपेशकुमार सरदार, धनपालथान–६ का २१ वर्षीय विजय सहनी, धनपालथान–६ का २५ वर्षीय जितेनकुमार राय र विराटनगर महानगरपालिका–८ का २० वर्षीय रोहित चौधरीलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।  

जिल्लाको विभिन्न स्थानबाट चोरी भएका को ३० प ७६९२ नम्बर, को २५ प १३२६ नम्बर, को ३७ प १३२३ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको डिएसपी दाहालले बताए। पक्राउ परेका ५ जनाविरुद्ध चोरी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १ जेष्ठ २०८० ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App