बढ्दै महिला हिंसा
घरेलु हिंसाका कारण घरमा बस्न नसकेर माइतीको शरणमा पुगेकी बिकमतीलाई त्यहाँ पनि सजिलो भएन। सुनार (दलित)सँग बिहे गरेर बिटुलो भएको भन्दै माइतीले घरभित्र पस्न दिएनन्।
घरेलु हिंसाका कारण घरमा बस्न नसकेर माइतीको शरणमा पुगेकी बिकमतीलाई त्यहाँ पनि सजिलो भएन। सुनार (दलित)सँग बिहे गरेर बिटुलो भएको भन्दै माइतीले घरभित्र पस्न दिएनन्।
बहुविवाह मुद्दामा नाम नबताउने एक महिला जिल्ला कारागार दैलेखमा चलान भइन् । कारागारमा बन्दी जीवन बिताइरेहकी उनलाई एक वर्ष नपुग्दै मानसिक समस्या देखा पर्न थालेको छ । उनलाई बढ्दो चिन्ता, बिनाकारण छटपटी, काम नगर्दा पनि थकान र कष्ट हुने, मन डुलीरहने र सुत्नलाई बाधा हुने निन्द्रा नपर्नेजस्ता समस्याबाट ग्रसित बनाएको छ। उनी मात्र होइन यहाँका १३ जना महिला कैदीबन्दीमध्ये नौजनामा मानसिक समस्या देखिएको छ।
सोमबार बिहान मौसम राई आफ्नो किराना पसलका सामान मिलाउँदै थिइन्। खोटाङ, च्यास्मिटार (हाल हलेसी तुवाचुङ नगरपालिका–३) की मौसमले यो पसल लेबनानमा साढे ६ वर्ष काम गरेर फर्केपछि खोलेकी हुन्।
नेपालमा मिर्गौला दान गर्नेमा पुरुषभन्दा महिला अगाडि छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवैपटक मिर्गौला दान गर्ने पनि महिला हुन्।
कोरोना भाइरसको त्रासका कारण खोटाङमा अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरिएको छ। जताततै कोरोना भाइरस फैलिरहेको सन्दर्भमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशन अनुशार जिल्लाका १० स्थानीय तहमा मनाउने तयारी गरिएको ११० औं अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरिएको हो।
भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीमा एक २१ वर्षीया विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। राकेश झाँकी पत्नी कञ्चन झा मंगलबार बिहान आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
चार वर्षदेखि रोकिएको घरेलु महिला कामदारबारे अध्ययन गर्न प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति खाडी मुलुकको भ्रमणमा निस्केको छ।
सरकारले प्रतिबन्ध लगाए पनि घरेलु कामदारका रूपमा महिला खाडी मुलुक र मलेसिया जाने क्रम रोकिएको छैन। जानेहरूले झन्झटिलो र असुरक्षित प्रक्रिया अपनाइरहेका छन्। दलालदेखि रोजगारदातासम्मले गर्ने शोषण झनै चुलिएको छ।
ललितपुरको भैसेपाटिस्थित एक इन्स्पेक्टरले महिलामाथि लाठी प्रहार गरेका छन्। महानगरिय प्रहरी प्रभाग बुंगमतीका इन्स्पेक्टर देवीप्रसाद पौडेलले बच्चा बोकेर एक पूर्व कर्नेलको घरमा आएकी महिलालाई लाठी प्रहार गरेका हुन्।
पत्रकारिता पेसामा महिलालाई टिकाई राख्न वाग्मती प्रदेश सरकारले प्रसुती प्रोत्साहन दिने भएको छ। विहे र बालबच्चाको झमेलाका कारण महिलाहरुले पत्रकारिता पेसामा निरन्तरता दिन नसकेको भन्दै पेसामा टिकाई राख्न सरकारले यस्तो सुविधा दिने भएको हो।
कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानबाट साढे १३ किलो चरेशसहित चार महिला पक्राउ परेका छन्। कृष्णनगरबाट साढे ७ किलो चरेशसहित ३ महिला तथा शिवराज नगरपालिका–५ चैनपुरबाट ६ किलो चरेशसहित एक जना पक्राउ परेका हुन्।
सांसदहरुले महिला आयोगको पदाधिकारी नियुक्तिमा ढिलाई हुँदा महिलाको क्षेत्रमा गर्नुपर्ने कार्यक्रमहरु प्रभावित भएको गुनासो गरेका छन्।
मधेसी दलित महिलालाई समग्र महिला वा समग्र मधेसीकै डालोमा राखेर हेर्ने चलन छ। सरकारले उपलब्ध गराउने आरक्षण, अनुदानजस्ता व्यवस्था पनि यसबाट पृथक हुन सकेका छैनन्। त्यसैले उनीहरूका लागि छुट्टै व्यवस्था नगरेसम्म मधेसी दलित महिलाका सुखका दिन आउने छैनन्।
अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लब चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो उपाधि उचाल्न चुकेको छ।