१६ वैशाख २०८१ आइतबार
image/svg+xml
पवित्रा सापकोटा


पवित्रा सापकोटाका लेखहरु :

ओझेलमा सरसफाइ र स्वच्छता

विश्वले रेडियो, टेलिभिजन, मोबाइल, कम्प्युटर जस्ता प्रविधिको खोजी,उपयोग एवम परिमार्जन गर्दै आएको छ। र, विश्वव्यापीकरणको प्रभावले नेपालीले पनि त्यस्ता सामग्रीको उपयोगलाई अंगीकार गर्दै आएका पाइन्छ। तथापि सरसफाइ र स्वच्छता प्रवर्धनमा भने नेपाली समाजको तदारुकता अपेक्षित मात्रामा बढ्न सकेको पाइन्न। सरसफाइ एवं स्वच्छता अझै पनि मानिसको जीवनशैली बन्न नसकेको वास्तविकतालाई मध्यनजर गरी नेपालमा सरसफाइमा सामाजिक उत्तरदायित्वको आवश्यकता महसुस गरिएको हो।

उद्यमतर्फ तामाङ महिला

पाखो र दुर्गम। बसोबास तामाङ जातिको। हो, राजधानीसँग जोडिएको दक्षिण ललितपुरस्थितकोन्ज्योसोम यही परिचयमा चिनिन्थ्यो। रक्सी बनाउने, बेच्ने र खाने काम मुख्य थियो। पाखो जमिन बढी हुने भएकाले धान खासै नहुने। मकै÷कोदो आदि उत्पादन त हुन्थ्यो तर त्यसले पनि नधान्ने। त्यसैले दुःखी जीवन बिताउँथे तामाङहरू।

परिवर्तन गर्नुपर्छ स्वास्थ्य क्षेत्र

नेपालको संविधान २०७२ ले स्वास्थ्यसम्बन्धी हकलाई यसरी परिभाषित गरेको छ– 'प्रत्येक  नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन।' यसको कार्यान्वयनका लागि संविधान प्रारम्भ मितिले तीन वर्षभित्र कानुनी व्यवस्था गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्