२८ पुस २०८१ आइतबार
image/svg+xml

‘महिलालाई सशक्त बनाउन आवश्यक’

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले महिलालाई हरेक क्षेत्रमा सशक्त बनाउन आवश्यक भएको बताएका छन्।

महिलालाई सशक्त बनाउन आवश्यक : नेता नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले महिलालाई हरेक क्षेत्रमा सशक्त बनाउनु आवश्यक भएको बताएका छन्।

गाउँमै रोजगारी पाउँदा महिलाहरु मख्ख

शुक्लागण्डकी–५ बेलचौतराकी विष्णु थापालाई आजभोली त्यति फुर्सद हुँदैन। घरधन्दा सक्नेवित्तिकै बिहान ९ बजे काम गर्न उद्योग जान्छिन्। दिनभर ढुंग्रो बनाउने काम गरेर साँझ ५ बजे फर्किन्छिन्। बिहान बेलुका घरायसी कामधन्दा सकेर फुर्सदमा हुने थापाको दैनिकी एक महिनादेखि फेरिएको छ। ‘काम गर्न थालेपछि त्यसै खेरा फाल्ने समयको राम्रै सदुपयोग भएको छ’, उनले भनिन्, ‘कामसँगै दाम पाएका छौँ।’ बिना काम फाल्तु बस्दा खर्च मात्रै धेरै हुने उनीसँग अनुभव छ।

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छन्

महानगरीय प्रहरी परिसर भक्तपुरमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरीमा मिलापत्र हुने गरेको छ।

सावित्राको टोली गोकुलम च्याम्पियन

नेपाली स्ट्राइकर सावित्रा भण्डारीको निर्णायक गोलमा शुक्रबार गोकुलम केरेलाले हिरो महिला लिग फुटबलको उपाधि जितेको छ।

दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ आउँदै

यस वर्ष पब्लिकेसन नेपालयको नयाँ टिमले चार महिला लेखकहरूको पुस्तकहरू प्रकाशन गर्ने तयारी पूरा गरेको छ। बिहीबार नेपालयले प्रेस विज्ञप्तिमार्फत चार महिला लेखकहरू पुस्तक प्रकाशन गर्ने तयारी पूरा भएको जानकारी गराएको थियो।

भुइँ मान्छेको कथा: आधा गाँस, असुरक्षित बास

दैलेख घर भइ वीरेन्द्रनगरस्थित कटकुवा बस्दै आएकी अञ्जु सार्की दिनभरि ढुंटा गिट्टीको काम गरेर सुतिरहेकी थिइन्। जस्तापाताले बारेर बनाएको उनको घरमा बिहीबार राति १ बजेतिर कसैले ढाेका ढक्ढक्यायाे। दुई छोरी र एक छोरालाई सुम्सुमाउँदै अञ्जुले थाहा नपाए झै गरिन्। अपरिचित व्यक्ति ढोका खोलेर भित्र पस्न खोज्दा अञ्जुले हिम्मत बटुलिन्,र भनिन्....

रेडियोमा महिला

सरकारका निकाय र अन्य संघ/संस्थामा महिला सहभागिता र नेतृत्वको वकालत गर्ने रेडियोहरूले सर्वप्रथम आफैंलाई समावेशी बनाउन आवश्यक छ।

सांसद बमले भने, 'छाउगोठ भत्काएर मात्र हुँदैन, महिलाको अवस्था पनि बुझौं'

सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोपालबहादुर बमले छाउगोठ भत्काइएका कर्णाली र सुदूरपश्चिम प्रदेशका महिलाको अवस्थाका विषयमा बुझ्न आग्रह गरेका छन्।

काठमाडौंमा क्रान्तिकारी बहस गरेर महिला सशक्तिकरण हुँदैनः मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौंमा क्रान्तिकारी बहस गरेर व्यावहारिक रुपमा महिला सशक्तिकरण नहुने बताएका छन्।

महिलातर्फ नेपालको सुखद सुरुआत

पालका १८ जना खेलाडीको सहभागितासँगै पोखरामा सोमबारदेखि आइटिएफ (अन्तराष्ट्रिय टेनिस फेडेरेसन) यु–१८ सर्किट–२ सुरु भएको छ।

अपराधिक कार्यमा महिलाको संलग्नता बढ्दो

मानव बेचबिखन तथा विभिन्न अपराधिक कार्यमा महिलाभन्दा पुरुषहरू कै संलग्नता बढी देखिएको छ। छर पछिल्लो समय त्यस्ता अपराधिक कार्यमा महिलाको संलग्नता पनि बढ्दै गएको तथ्यांकले देखाएको छ।

उखुबारीमा महिलाको शव फेला

गत मंगलबादेखि हराईरहेकी सुनसरी दुहवी–६ की सम्झाना खत्री परियारको शव विराटनगर–१२ बखरीस्थित उखुबारीमा फेला परेको छ। घाँटीमा गहिरो चोट लागेको अवस्थामा महिलाको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ।

अमेरिकी महिला अन्तरिक्ष यात्री एक वर्षपछि पृथ्वीमा अवतरण

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच पृथ्वीमा अवतरण गरेकीछिन्। उनी सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने पहिलो महिला अन्तरिक्ष यात्री हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्