५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
दीपक आचार्य


दीपक आचार्यका लेखहरु :

नियममा आधारित विश्व व्यवस्था

संयुक्त राज्य अमेरिकाले अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको यो पहिलो घटना भने होइन। शीतयुद्धका बेला यस्ता कदम असामान्य थिएनन्। त्यो युगको अन्त्यतिरै सन् १९८९ को डिसेम्बरमा अमेरिकाले पनामाका शासक म्यानुअल नोरेगालाई सत्ताच्युत गर्‍यो, जसलाई लागुऔषध तस्करीको अभियोग पनि लागेको थियो।

कसरी जोगाउने लोकतन्त्र ?

लोकतन्त्रबाट सर्वसाधारणले के अपेक्षा गर्छन् भन्ने विषय आफैँमा चाखलाग्दो छ। आर्थिक संकट गहिरो भएको अवस्थामा र अस्थिरताको घडीमा लोकतन्त्रप्रतिको समर्थन घट्ने गर्छ।

पत्रकारिताको अर्को आयाम

घरधन्दा, मेलापातो सकेर, घाँस दाउराको भारी बिसाएर रेडियोमा खबर र सवाल दिने स्वयंसेवी पत्रकारिता विश्व सञ्चार जगत्कै लागि फरक अभ्यास हो।

नयाँ राजनीतिक अर्थतन्त्रको खोजी

सुदृढ युनियन र न्यूनतम ज्यालाको सुनिश्चतताले उत्पादकत्व वृद्धि हुन पुगेको थियो भने गरिब र धनीबीचको असमानताको खाडललाई नियन्त्रण गर्न सहयोग पुगेको थियो।

भाषा-संस्कृति संरक्षणमा रेडियो

स्थानीय रूपमा सञ्चालन भैरहेका ६ सय भन्दा बढी रेडियोले भाषा र संस्कृति संरक्षणमा योगदान गरिरहेका छन्। त्यसमध्ये पनि ३८५ वटा सामुदायिक रेडियोले त रेडियो खोल्नुको उद्देश्य नै विविधताको संरक्षण गर्ने उल्लेख गरेका छन्।

सामाजिक नेटवर्कको अन्त्य

आजकल विश्वका अर्बाैँ मानिस आफ्ना मोबाइल फोनमा टाँस्सिने गर्दछन्। उनीहरूले उपभोग गर्ने सूचना यसअघिको भन्दा नाटकीयरूपमा परिवर्तन भएको छ र यो सही दिशातर्फ उन्मुख देखिँदैन।

देखावटी र देखासिकी

सामाजिक सञ्जालको प्रयोग बढेसँगै सार्वजनिक रूपमा खुसी प्रकट गर्ने र साटासाट गर्ने प्रचलन बढेको छ। जसको परिणामस्वरूप अप्रत्यक्ष रूपमा देखावटीले पनि बढावा पाएको छ। जन्मदिन मनाएर केक काटेको, कुनै पर्व विशेषको अवसरमा विशेष परिकार खाएको, कुनै उत्सव मनाएको, कतै घुमेडुलेकोलगायतका गतिविधिका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नैपर्नेजस्तो मानसिकता हामीमा बढ्दै गएको छ।

इज्जतको इतिवृत्तान्त

कसैका लागि अरूका अगाडि स्वावलम्बी भई आफ्नै कमाइमा बाँच्नु इज्जत हो भने कसैका लागि गलत काम नगर्नु इज्जत हो। कसैका लागि जसरी पनि धन जम्मा गर्नु इज्जत हो भने कसैका लागि गलत काम नगरी इमानदारीपूर्वक कमाउनु इज्जत हो अनि कसैका लागि आफूसँग भएको कुरा बाँड्नु इज्जत हो।

नयाँ राष्ट्रवादसम्बन्धी बुझाइ

रुसी राष्ट्रवाद युक्रेनका लागि सुखद समाचार होइन किनभने यसले पुटिनको सत्तालाई झन सुरक्षित पारेको छ। प्रतिबन्ध लगाए पनि नलगाए पनि उनी सत्ताच्युत हुने संभावना कम छ।

सन्दर्भ विश्व रेडियो दिवस: रेडियोमा समावेशीकरण

अहिले नाम चलेका धेरै महिला पत्रकार रेडियोबाट नै पत्रकारितामा प्रवेश गरेको पाइन्छ। अझै पनि नेपाली समाजको परम्परागत सोचाइले महिलाले घरबाहिर निक्लेर काम त्यति सहज हुन सकेको छैन। अझ रेडियोमा काम गर्नेलाई त साँझ, बिहान र राति पनि काम गर्नुपर्ने भएकाले थप अप्ठेरा छन्।

रेडियो : बढ्दो संख्या, घट्दो साख

गाउँ–गाउँसम्म पनि रेडियोको चर्चा भइरहँदा रेडियोकर्मी भने रेडियोको साख र प्रसिद्धि गुम्दै गएकामा चिन्तित देखिन्छन् । विश्वभरि नै रेडियोका स्रोता घट्दै नयाँ सञ्चार माध्यममा स्थानान्तरण भए पनि अझै नेपालका ग्रामीण बस्तीमा रेडियो नै प्रमुख सञ्चार माध्यमका रूपमा छ । सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगति हुँदै आएको थियो । तर पछिल्लो समयमा एफएम रेडियोहरूको संख्या बढी हुँदा रेडियो सुन्ने स्रोता घटेका छन् भने रेडियोमा पनि गुणस्तरीय कार्यक्रम उत्पादन गर्ने रेडियोकर्मी घटेका छन् ।

रेडियोमा महिला

सरकारका निकाय र अन्य संघ/संस्थामा महिला सहभागिता र नेतृत्वको वकालत गर्ने रेडियोहरूले सर्वप्रथम आफैंलाई समावेशी बनाउन आवश्यक छ।

भाषा संरक्षणका लागि रेडियो

नेपालमा बोलिने धेरै भाषा दिनप्रतिदिन लोप हुँदै गएका छन् भने कतिपय भाषा संकटापन्न अवस्थामा छन् । विविधिताको धनी देश नेपालको पहिचान जोगाउन यस्ता भाषा संरक्षण गर्नुपर्छ । नेपालमा आधाभन्दा बढी भाषा लोपोन्मुख अवस्थामा छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्