१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

महिलालाई पत्रकारिता पेसामा टिकाई राख्न प्रसुती प्रोत्साहन

सञ्चार रजिष्टारको कार्यालद्धारा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागीहरु । तस्बिर:अनिल/नागरिक

सिन्धुली- पत्रकारिता पेसामा महिलालाई टिकाई राख्न वाग्मती प्रदेश सरकारले प्रसुती प्रोत्साहन दिने भएको छ। विहे र बालबच्चाको झमेलाका कारण महिलाहरुले पत्रकारिता पेसामा निरन्तरता दिन नसकेको भन्दै पेसामा टिकाई राख्न सरकारले यस्तो सुविधा दिने भएको हो।

वाग्मती प्रदेश सञ्चार रजिष्टारको कार्यालद्धारा आयोजित सञ्चार सरोकारवालाहरुसँग श्रमजिवि पत्रकार ऐन कार्यन्वयन र कार्यालयको भावि योजनाका सन्र्दभमा सिन्धुलीमा भएको अन्र्तक्रिया कार्यक्रममा यस्तो जानकारी गराइएको हो। सञ्चार रजिष्टार रेवती सापकोटाका अनुसार प्रसुती भएका महिलाहरुले एक वर्षसम्म आत्मनिर्भर र सिर्जनात्मक बन्नका लागि बढीमा चार ओटा विषयगत लेखन तथा प्रशारण बृत्ति स्वरुप ८० हजार रुपैयाँ रजिष्टार कार्यालयले उपलब्ध गराउने भएको हो।

एउटा लेखनबृत्ति वापत २० हजार रुपैयाँसम्म रकम दिइने कार्यालयले जनाएको छ। यसरी लेखनबृत्ति तथा प्रशारण उपलब्ध गराउदा महिलाहरु पत्रकारिता पेसामै रहन्छन्, र पेशाबाट अलग हुन सक्दैनन् भन्ने उद्देश्यले हामीले यो फेलोसिप उपलब्ध गराउन लागेका हौ, रजिष्टार सापकोटाले भने, हामी महिला पत्रकारका लागि प्रोत्साहन तालिम लगायतका विभिन्न कार्यक्रम ल्याउने तयारीमा छौ।

यस्तै प्रदेशको रजिष्टार कार्यालयले पत्रकारहरुलाई पेन्सन दिने व्यवस्था समेत अगाडी सारेको छ। लामो समय पत्रकारिता पेशामा रहेर बृद्ध भएका पत्रकारलाई प्रदेश सरकारले पेन्सन दिने व्यवस्था गर्न लागेको सापकोटाले बताए। प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीको व्यवस्था अनुसार जेष्ठ पत्रकारहरुलाई मासिक तीन हजार रुपैयाँसम्म दिने व्यवस्था सरकारले मिलाउन लागेको हो। यस्तो सुविधा ३० वर्ष पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका बृद्धहरुलाई दिइने प्रदेश सरकारले जनाएको छ। जेष्ठ पत्रकार सुविधा कुनै पनि सार्वजानिक पद धारण वा अन्य सुविधा लिएका पत्रकारहरुको हकमा लागू नहुने प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारले पत्रकारिता पेसामा क्रियाशिल रहदा पत्रकार दुर्घटनामा परेमा दुर्घटनाको प्रकृति र क्षतिको हेरी बढीमा ३० हजारसम्म आर्थिक सहयोग गर्न सकिने योजना अगाडी सारेको छ। पत्रकार कल्याण कोषको स्थापना गरि दुर्घटनाबाट घटनास्थलमै पत्रकारको मृत्यु भए ५० हजार र दुर्घटनाको १२ दिनभित्र पत्रकारको मृत्यु भए थप ४० हजारसम्म आर्थिक सहयोग दिन सकिने छ, रजिष्टार सापकोटाले भने, घातक रोग लागेका पत्रकारहरुलाई उपचार खर्च वापत ७५ हजार रुपैयाँसम्म सहयोग गर्न सकिने छ।  

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पुर्णकालिन रुपमा पत्रकारिता पेसा गर्नेलाई मिडिया सञ्चालकले श्रमजिवि पत्रकार ऐन अनुसार सेवा सुविधा दिनुपर्ने बताए। उनले पत्रकारितासहित अन्य विभिन्न पेसा गर्नेलाई भन्दा पूर्ण रुपमा पत्रकारिता पेसा गर्नेलाई प्राथमिकता दिनुपर्ने बताए।

 

प्रकाशित: १५ फाल्गुन २०७६ १४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App