अर्थमन्त्री महत भन्छन्ः समस्यालाई कहालिलाग्दो मात्र नबनाऔं
पर्यटन व्यावसायीले लामो समयदेखि एकैखालका यस्तै गुनासा गरिरहँदा सोमबार पोखरा आएका अर्थमन्त्री डा.प्रकाशशरण महतले व्यावसायीलाई अझै केही समय धैर्य गर्न सुझाव दिएका छन्। अर्थमन्त्री महतले लामो समयदेखिका समस्यालाई कहालिलाग्दो नबनाउन पनि सुझाए। समस्यालाई कहालिलाग्दो बनाएर असन्तुष्ट बनिरहँदा आफ्नै कारणले सबैतिर खराब हुने उनको सुझाव छ।