मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।
सरकारले बाढीपहिरोपीडितलाई एकीकृत आवास निर्माण योजनाअन्तर्गत पाँच लाख रुपैयाँ अनुदान दिने भएको छ।
स्याङ्जामा पहिरोमा पुरिएर नौजना र पाल्पामा एक गर्भवतीको मृत्यु भएको छ । त्यस्तै बाढीले बगाएर कपिलवस्तुमा तीन र रौतहटमा एकजनाको ज्यान गएको छ । मोरङमा भने पर्खालले किचेर एकजनाको मृत्यु भएको छ ।
निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ। यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन्।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङ पहिरोमा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। पहिरोमा अझै २६ बेपत्ता छन्। पहिरोमा बेपत्ता स्थानीय भिरखर्कका तीन र बिक टोलका दुईको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकमध्ये दुईको मात्र सनाखत भएको छ। २४ वर्षीय सुकुला बिक र आठ वर्षीय सन्देश बिकको सनाखत भएको हो। उनीहरु बिक टोलका हुन्। भिरखर्कका तीनको पहिचान खुल्न सकेको छैन।
बागलुङको ढोरपाटन नगरपालिकाभित्र विभिन्न वडाका बस्तीमा ठूलो आकारमा भौतिक र मानवीय क्षति पु¥याउने गरी बुधबार राति स्थानीय भुजीखोलामा भीषण बाढी आयो। अकल्पनीय रुपमा आएको बाढीमा हराएका धेरै स्थानीयको अझै अत्तोपत्तो छैन। खोजी जारी रहे पनि भेटिएका छैनन्।
बाढी–पहिरोले क्षतिग्रस्त देशभरका २० वटा सडक खण्ड अझै पनि सञ्चालनमा आउन सकेका छैनन् । कतिपय ठाउँमा सवारी आवागमन ठप्प छ । सडक विभागका अनुसार गत असारदेखि भदौ ३ गतेसम्म विभिन्न राजमार्ग अन्तर्गतका दुई सय एक सडक बाढी–पहिरोले अवरुद्ध भएका छन् ।
सिन्धुपाल्चोकको दुगुनागढी, फुङ्मचे लार्चा १० किलो, तातोपानीलगायतका ६० परिवार विस्थापितलाई लायन्स क्लब अफ काठमाडौं आधार र लायन्स क्लब अफ काठमाडौं अर्पणले विभिन्न सहयोग उपलब्ध गराएका छन् ।
जिल्लाको मंगला गाउँपालिका–५, अर्मनको हिलावाङमा पहिरो जाँदा हिलबाङ खोला थुनिएको छ । अर्मनका पाखु सामुदायिक बनबाट खसेको पहिरोले एक्कासी ठाडो खोला थुनिएपछि स्थानीय त्रसित भएका छन् । करिब डेढघण्टा अगाडी पाखु सामुदायिक बनबाट खसेको पहिरोले थुनिएको खोलामा पानीको पोखरी बनेको वडा अध्यक्ष भुपेन्द्र बहादु खत्री क्षेत्रीले बताए ।
गए रातीदेखि परेको भीषण वर्षासँगै आएको बाढीपहिरोले म्याग्दीको सदरमुकाम बेनीबजारका ८ घरमा क्षति गरेको छ । बस्तीभन्दा माथिबाट खसेको बाक्लो लेदोसहितको ढुङ्गामाटो पहिरोले बेनी नगरपालिका–७, मंगलाघाटका करिब १० घरमा क्षति पुर्याएको हो । बाढीपहिरोले मङ्गलाघाटका रुद्रबहादुर सुनारको घर तथा जीवन सापकोटाको ग्यारेजमा क्षति गरेको स्थानीय पुष्पा खड्का थापाले बताईन् ।
लिदी पहिरोका गम्भिर पाँच घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले दुई खेपमा उद्धार गरेर सदरमुकाम चौतारा लगेको छ। अरु १५ घाइते भने गाउँमै छन्। पहिरोमा शरीर दरखरिएका उनीहरुको अवस्था सामान्य नै छ।
अविरल वर्षासँगै आएको बाढीपहिरोबाट क्षतिग्रस्त सडक र सिँचाइका आयोजना मर्मत र पुनर्निर्माणमा पाँच अर्बभन्दा धेरै खर्च लाग्ने भएको छ।
बाढीपहिरोले सुदूरपहाडको जनजीवन अस्तव्यस्त बनाएको छ। आइतबाररातिदेखिको अविरल वर्षाका कारण ठाउँठाउँमा गएको पहिरोर नदीहरूमा आएको बाढीले जनजीवन कष्टकर बनाएको हो। बुढीगंगा नदीमा आएको बाढीले बाजुराका बडिमालिका नगरपालिकार गौमुल गाउँपालिकामा ठूूलो क्षति पुु¥याएको छ। घर बग्दा एक महिला बेपत्ता भएकी छन् भने ६३ परिवार विस्थापित भएका छन्।
अविरल वर्षासँगै आएको बाढीपहिरोबाट क्षतिग्रस्त सडक र सिँचाईका आयोजना मर्मत र पुनर्निर्माणमा पाँच अर्बभन्दा धेरै खर्च लाग्ने भएको छ। क्षतिग्रस्त भएका सडक र सिँचाइका संरचना पुनर्निर्माण गर्न पाँच अर्बभन्दा धेरै खर्च लाग्ने सम्बद्ध कार्यालयले जनाएका छन् । गत असारदेखि आएको बाढी–पहिरोले सबैभन्दा धेरै सिँचाइ र सडकका आयोजना प्रभावित भएका छन्।
यस वर्ष मनसुन सुरु भएता कर्णालीमा ४४ जनाको बाढीपहिरोमा परेर मृत्यु भएको छ। पाँच सयभन्दा बढी परिवार विस्थापित भएका छन्। दर्जनौं बस्ती पहिरोको उच्च जोखिममा छन्। तर प्रदेश सरकारले कर्णालीका बाढीपहिरो प्रभावित क्षेत्रको पहिचान गर्न सकेको छैन। जसले गर्दा अतिप्रभावित क्षेत्रका बासिन्दा बाढीपहिरोको उच्च जोखिममा छन्।