४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पालिकाहरूलाई विराट् चक्र साधनामा सहभागी हुन बाटो खुला

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका पालिकाहरूलाई आफ्ना पदाधिकारी तथा कर्मचारीलाई विराट् चक्र साधनामा सहभागी गराउन पाउने गरी बाटो खुला गरिदिएको छ।

किन घटाइयो लोकसेवा आवेदन दिने उमेर सीमा?

अहिले कार्यान्वयनमा रहेको निजामती सेवा ऐन २०४९ मा लोकसेवा आयोगको परीक्षाका लागि आवेदन दिन महिलाको हकमा उमेर सीमा ४० वर्ष र पुरुषको हकमा ३५ वर्ष कायम गरिएको छ।

ओपिडी टिकट लाइनमा बस्दाबस्दै एक पुरुषको मृत्यु

चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालमा ओपिडी सेवाको टिकट काट्न लाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ।

पर्यटकको पर्खाइमा उदयपुरको ‘पुरानो गढी’

जिल्लाको पुरानो सदरमुकाम उदयपुृरगढीस्थित ‘पुरानो गढी’ को पुनर्संरचना गर्ने काम लगभग अन्तिम चरणमा पुगेको छ।

डेढ वर्षदेखि कार्यालय प्रमुखविहीन इलाका प्रशासन

डेढ वर्षदेखि इलाका प्रशासन कार्यालय रंगेली प्रमुखविहीन भएको छ। कार्यालयमा प्रमुख पठाउन गृह मन्त्रालयले ढिलासुस्ती गरेका कारण डेढ वर्षदेखि इलाका प्रशासन कार्यालय प्रमुखविहीन भएको हो।

संसद् महासचिवविरुद्धको निवेदन दरपीठ

सर्वोच्च अदालत प्रशासनले संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयविरुद्ध दर्ता गर्न लगिएको रिट निवेदन दरपीठ (दर्ता गर्न नमिल्ने) आदेश गरेको छ।

बाजुरामा चामल खरिद र ढुवानी समयमै व्यवस्थापन गरिने

बैठकले जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका लागि निर्धारण गरिएको कोटाअनुसारको चामल ढुवानी कार्य समयमै गर्न सङ्घीय र प्रदेश कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ।

‘बरन्डा’ व्यवस्था

हाम्रो देशमा अहिले कर्मचारीबीच यही तनाव सिर्जना गर्ने काम भएको छ। यतिखेर मन्त्री र सचिवको विवादले ३३ सहसचिव ‘बरन्डा’ मा थन्क्याइएका छन्। यो भनेको हाम्रो निजामती सेवाभित्र ठूलै गडबडीको संकेत हो।

मन्त्री र सचिव विवादले ३३ सहसचिव ‘बरन्डा’मा!

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र सचिव विनोदप्रकाश सिंहबीचको विवादले एक महिनादेखि माथिल्लो तहका कर्मचारीको सरुवा ठप्प भएको छ।

कलैयामा धार्मिक सामाजिक सद्भाव र्‍याली

जिल्ला प्रशासन कार्यालय बाराले आज सदरमुकाम कलैयामा धार्मिक सामाजिक सद्भाव र्‍याली आयोजना गरेको छ।

वीरगञ्जमा राति १० बजे सम्मका लागि हटाइयो कर्फ्यू

जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान सूचना जारी गर्दै सर्वसाधारणको सहजताका लागि सोमवारदेखि लगाइएको कर्फ्यू आज बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको जनाएको छ।

कर्फ्यू उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका २१ जना रिहा

कर्फ्यू लागेको बेला प्रदर्शन गरेको र कर्फ्यू उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका २१ जनालाई गयराति रिहा गरिएको हो।

त्रिहत्तर वर्षमा पनि कर्मचारीको कार्यशैली उही

नेपालमा प्रजातन्त्र आएको ७३ वर्ष भइसक्यो। तर अझै नेपालको प्रशासन वैज्ञानिक, व्यावहारिक र जनमुखी हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्