२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ओपिडी टिकट लाइनमा बस्दाबस्दै एक पुरुषको मृत्यु

चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालमा ओपिडी सेवाको टिकट काट्न लाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ।

रत्ननगर नगरपालिका ३ लौरीघोलका २४ वर्षीय जीवनबाबु थापा मगरको टिकट काट्न लाइनमा बसेको समयमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

‘उहाँ आइतबार बिहान साढे नौ बजेतिर आएर ओपिडी टिकट काट्न लाइनमा बस्नुभएको रहेछ। उभिइरहेका बेला अचानक ढल्नुभएछ’, अस्पतालका सूचना अधिकारी राजकुमार घिमिरेले भने, ‘आकस्मिक कक्षमा उपचार गर्न लैजाँदै गर्दा उनको मृत्यु भइसकेको थियो।’

सूचना अधिकारीका अनुसार उनी लाइनमा बस्ने समयमा बिरामीको भीड थिएन। उपचारका लागि उनी घरबाटै एक्लै आएको उनको भनाइ छ। घिमिरेका अनुसार उनी सुगरका बिरामीसमेत हुन्। जटिल बिरामी भएको जस्तो नदेखिएको उनले बताए। अस्पताल प्रशासनका अनुसार शव परिवारलाई बुझाउने तयारी छ।  

प्रकाशित: २७ फाल्गुन २०८० १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App