१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वीरगञ्जमा राति १० बजे सम्मका लागि हटाइयो कर्फ्यू

वीरगञ्जमा जारी कर्फ्यू राति १० बजेसम्मका लागि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान सूचना जारी गर्दै सर्वसाधारणको सहजताका लागि सोमवारदेखि लगाइएको कर्फ्यू आज बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको जनाएको छ।

आज बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्ज महानगर क्षेत्रमा सोमवार साँझ ५ बजेदेखि जारी गरिएको कर्फ्यू आदेश आज बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाउने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।

यसअघि मङ्गलवार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले भने बुधवार बिहान ६ बजेदेखि बिहान ११ बजेसम्मका लागि मात्र कर्फ्यु खुल्ला गरिने र बिहान ११ बजेपछि पुनः कर्फ्यूलाई यथावत राख्ने निर्णय गरेको थियो। तर, आज बिहान १० बजे फेरि बसेको जिल्ला सुरक्षा समितिको बैठकले भने अवस्था सामान्य बन्दै गएको देखेपछि बुधवार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू हटाउने निर्णय गरेको भुसालले बताए।

रौतहटको ईशनाथ नगरपालिकामा बिहीबार दुई पक्षबिच भएको विवाद र झडपको विषयलाई लिएर सोमवार वीरगञ्जमा पनि विरोध प्रदर्शन भएको थियो।

प्रदर्शन र जुलुसका क्रममा विवाद र झडपको स्थिति उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको थियो।

प्रकाशित: ९ फाल्गुन २०८० ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App