२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पालिकाहरूलाई विराट् चक्र साधनामा सहभागी हुन बाटो खुला

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका पालिकाहरूलाई आफ्ना पदाधिकारी तथा कर्मचारीलाई  विराट् चक्र साधनामा सहभागी गराउन पाउने गरी बाटो खुला गरिदिएको छ।

जीवन विज्ञान प्रतिष्ठानबाट लेखिआएको पत्रकाे सम्बाेधन गर्दै  सचिवस्तरको बैठकले यस्तो निर्णय गरेको मन्त्रालयद्वारा सोमबार जारी परिपत्रमा उल्लेख छ। परिपत्रमा भनिएको छ, ‘साधन स्रोत, जनशक्ति, समयको सम्भाव्यतालाई ध्यानमा राखेर विराट् चक्र साधनामा पालिकाका पदाधिकारी तथा कमचारीहरूले सहभागी हुन पाउने छन्।’

शाखा अधिकृत शिला सापकोटाद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ–ध्यानयोग र अध्यात्मका माध्यमबाट व्यक्तिभित्र नैसर्गिक रुपमा रहेको स्वास्थ्य, खुसी, आत्मविश्वास, प्रेम, ज्ञान, संकल्प र आनन्दजस्ता अद्भुत क्षमता जगाउने उद्देश्यले जीवन विज्ञान प्रतिष्ठानद्वारा चैत १७ देखि २३ गतेसम्म लुम्बिनीकाे अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा सञ्चालन हुने विराट् चक्र साधनामा पालिकाहरूले आफ्ना पदाधिकारी तथा कर्मचारीलाई सहभागी गराउन सक्नेछन्।’

प्रकाशित: ३० फाल्गुन २०८० १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App