१ आश्विन २०८३ बिहीबार
image/svg+xml

चितवन गोल्डकप : वर्षाका कारण पहिलो सेमिफाइनल स्थगित, बाँकी खेल बिहीबार बिहान हुने

हानामी तेस्रो चितवन गोल्डकप फुटबलअन्तर्गत भरतपुर फुटबल क्लब (बिएफसी) र देवदह ब्वाईज रुपन्देहीबीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण स्थगित भएको छ।

नक्सा संशोधन गर्न १ लाख घुस लिने बर्दिवासका सर्वेक्षक साह पक्राउ

जग्गाको अंशबन्डाअनुसार नक्सा ट्रायल चेक गरी संशोधन गरिदिने बहानामा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिने नापी कार्यालय बर्दिवास, महोत्तरीका सर्वेक्षक शिवकुमार साह पक्राउ परेका छन्।

१ अर्ब ३४ करोडको अवैध हुन्डी कारोबार आरोपमा मुखिया पक्राउ

१ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको अवैध हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका २४ वर्षीय एक युवकलाई पक्राउ गरेको छ।

जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन दीर्घकालीन संस्थागत संरचना चाहिन्छ: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन बहुपक्षीय विषय भएकाले यसको प्रभावकारी सम्बोधनका लागि दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

अर्थमन्त्री स्वर्णिम वाग्ले बिहीबार भारत जाँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जाने भएका छन्।

बाटो अवरुद्ध हुँदा एम्बुलेन्स रोकियो: अस्पताल पुग्न नसक्दा बाटोमै अस्ताए प्रधानाध्यापक राई

लिमचुङबुङ गाउँपालिका–४ बलम्तास्थित लाकु आधारभूत विद्यालयका प्रधानाध्यापक ५१ वर्षीय केदार राईको उपचारका लागि गाईघाट ल्याउँदै गर्दा बाटोमै निधन भएको हो।

घर आउँछु भनेका तीन युवा अझै फर्किएनन्, मुडुरीका परिवार बाटो हेरेको हेर्‍यै

‘घर आउँछु’ भनेर हिँडेका मुनीप्रसाद, डिल्ली र गोरबहादुर फर्किएनन्। उनीहरूका परिवारले भने अझै ढोका र बाटोतिर आँखा लगाइरहेका छन्।

बाढी प्रभावितलाई त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

त्रिभुवन विश्वविद्यालयले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नौ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ।

सुरु भयो मनास्लु हिमाल आरोहण

शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको छ। यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गत मङ्गलबारदेखि आरोहण सुरु गरेका हुन्।

लोकमानलाई अख्तियार प्रमुख बनाउनु मेरो कार्यकालको त्रुटि थियो: पूर्वराष्ट्रपति यादव

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्नु आफ्नो कार्यकालको कमजोरी रहेको स्वीकार गरेका छन्।

नेपालमा ५२ प्रतिशत जनसंख्या बिमाको दायरामा

नेपालमा ५२ प्रतिशत जनसंख्या बिमाको दायरामा आएको राष्ट्रिय बिमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले जनाएको छ।

शवगृह अभाव झेलिरहेको पोखरालाई संघ गण्डकीको पोर्टेबल मर्चरी उपहार

शव व्यवस्थापनमा समस्या हुँदै आएपछि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिले २८ वटा शव राख्न मिल्ने पोर्टेबल मर्चरी हाउस उपलब्ध गराएको छ।

घरपझोङ घोषणापत्र : हिमाली क्षेत्रमा जलवायु संकटको अध्ययन र निगरानी गर

सम्मेलनले जलवायु संकटलाई विकास संकटका रूपमा स्वीकार गर्दै जलवायु न्यायलाई मूल मुद्दा बनाउनुपर्ने र हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।

‘संविधान कार्यान्वयनमा दल र नेताहरू असफल भए’ (भिडियो अन्तर्वार्तासहित)

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको ११ वर्ष बित्दासमेत त्यसको सही कार्यान्वयन गर्न राजनीतिक दल र नेतृत्व पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन्।

ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु, एक घाइते

कपिलवस्तुको तौलिहवा–चार नम्बर सडकखण्डअन्तर्गत वाणगंगा नगरपालिका–४ गजेहडा चोकनजिक ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्