१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको र चिकित्सकको सुझावपछि निगरानीमा राखिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउपछि प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा थप उपचार तथा अवलोकन आवश्यक देखिएपछि ओलीलाई अस्पताल पुर्‍याइएको हो । उनलाई अस्पतालको एनेक्स वान भवनस्थित विशेष कक्षको ५०१ नम्बर बेडमा राखिएको छ ।

अस्पताल स्रोतका अनुसार रगत परीक्षण, भिडियो एक्सरे लगायतका जाँचपछि चिकित्सकको सल्लाहअनुसार उनलाई भर्ना गरिएको हो । पूर्व मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै निगरानीमा राखिएको बताइएको छ ।

प्रकाशित: १४ चैत्र २०८२ १०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App