१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बोक्सी कुप्रथाको कलंक

वास्तवमा बोक्सी, बोक्साको आरोप हामी कुन र कस्ता मानिसलाई लगाउँछौँ त ? जो समाजदेखि तिरस्कृत, गरिब, असहाय, एकल, सजिलैसँग दबाउन सकिने, जसको समाजमा खासै महत्त्व हुँदैन। आजसम्म कोही पनि प्रतिष्ठित, ठूलाबडा व्यक्तिलाई किन लाग्दैन बोक्सीको आरोप ?

जब धर्मलाई राजनीतिक हतियार बनाइन्छ

ऐतिहासिक हिसाबले नेपाल पुरानो देश भए पनि विश्वसामु यसको परिचय त्यति लामो छैन। बेलायती साम्राज्यको राजनीतिक तवरले सामना गर्न सफल भए पनि कूटनीतिक क्षेत्रमा नेपालले खासै सफलता हासिल गर्न सकेन। किनकि एकीकरणका बेलादेखि नै शाहवंशीय राजाहरूले धर्मलाई राजनीतिसँग जोडे। जसले देशलाई विज्ञानको ज्योतितर्फ होइन, अन्धविश्वासको गुफातिर धकेलिदियो।

नक्कली ‘माता’ को लाखौँ ठगी धन्दा

घोराही नवरलपुरकी पुष्पा पाण्डेका तीन सन्तान बेलाबेला बिरामी परिरहन्थे। घोराही बजारमा ‘नामी माता’ रहेको हल्ला सुनेकी थिईन् पुष्पाले। लागुकै कारण छोराहरुमा विभिन्न समस्या आएको हुन सक्ने आशंका चिनेजानेकाहरुले गरे अनी उनै माता कहाँ जान सुझाव दिए।

छाउपडी तोड्नेलाई पुरस्कार !

छाउपडीप्रथा तोड्ने परिवारलाई राज्यले पुरस्कृत गर्ने प्रणाली विकास गरेमा यो प्रथालाई हटाउन सकिन्छ। यही कुरा मनन गरेर पूर्वीचौकी गाउँपालिकाले यसपालिको बजेटमा छाउपडी प्रथा तोड्ने एक सय परिवारलाई नगद पाँच हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्ने योजना समावेश गरेको छ।

कोरोना भ्रम : दलाई लामाको सन्देशको हल्ला चलेपछि आँगन खन्दै अँगार खोज्दै

आँगन, दैलो खनेर त्यहाँबाट निस्किएको अँगार दलेपछि कोरोना भाईरस नलाग्ने भ्रम गाउँभरी फैलिएपछि गोरखाको केही ठाउँमा स्थानीय धमाधम दलै खनिरहेका छन्।

नदेखिने छाउगोठ

एक दिन स्कुलबाट फर्किंदै गर्दा आफ्नो खुट्टामा रगत देखेपछि दौडँदै फुपूलाई भन्न पुगेकी मलाई घरभित्र छिर्न नदिर्ई छिमेकीको घरमा पु-याइयो। दौडँदै र हतारिँदै मलाई छिमेकीको घरमा पु-याइँदा मनमा लागिरह्यो– ‘मैले के अपराध गरेछु र मलाई यसरी लुकाइँदै छ ?’

छाउगोठमुक्त क्षेत्रमा फेरि ठडिँदै छाप्रा

६ वर्षअघि एक गैरसरकारी संस्थाको अगुवाईमा पश्चिम सुर्खेतका तत्कालीन सातवटा गाविसलाई छाउगोठमुक्त घोषणा गरियो। छाउगोठमुक्त घोषित क्षेत्रका घरमा अहिले फेरि छाउगोठ देखिन थालेका छन्। जनप्रतिनिधि र सरकारी कर्मचारीकै घरमा छाउगोठ छन्।

अन्धविश्वासका पछि नलाग्न क्यान्सर विशेषज्ञको सुझाव

नेपालमा पछिल्लो पटक कतिपय बिरामीहरु हल्लाको पछि लागेर निको हुने क्यान्सर पनि छिप्पिएर मृत्युवरण गर्नु परेको घटना उनीहरुले औंल्याए।

अन्धविश्वासले लियो ‘धामी’को ज्यान

धामीले उल्टो मन्त्र पढेर आफ्नी श्रीमती जुकमानी र बुहारी ईन्द्रावती मारेको भन्दै दोदलालले बदला लिन हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

‘देवीलाई मनाउन बालकको बलि’

आरोपित शत्रुधन महतोले शक्तिशाली धामी बन्न चमैनीदेवी थानका नाममा अढाई वर्षीय बालकलाई काटेर बली चढाएको बयान प्रहरीलाई दिएका छन्।

अझै लुकाइन्छ पाठेघर खस्ने समस्या

‘कतै लडे भने पाठेघर ठोक्किएर असह्य पीडा हुन्छ। घाँसदाउरा गर्ने क्रममा झाडी वा बुट्यानले छोए भने उस्तैगरी दुख्छ।’ यो पीडा खोटाङको रावाबेंसी गाउँपालिका–५ दुबेकोलकी फूलमाया नेपाली (परिवर्तित नाम) को हो। पाठेघर खस्ने समस्याले तेस्रो चरण पार गरेपछि उनी कहालीलाग्दो पीडा खेप्न बाध्य छिन्। पाठेघर खसेको १५÷१६ वर्ष बिते पनि उनले सामाजिक अन्धविश्वासका कारण हालसम्म उपचार गराएकी छैनन्।

धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द

अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छाडेकी छन्।आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको तर पनि सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि बिहीबार लमही आँखा अस्पताल उपचार गराउन आएकी छन्।

राजधानीमै 'अन्धविश्वास'को व्यापार, जुवा जित्न वनमान्छेको पन्जा किनबेच

चितवनका ५० वर्षीय कालु गुरुङ र ३३ वर्षीय इन्दु गुरुङ दम्पती हुन्। महानगरीय अपराध महाशाखाको हिरासतमा रहेका यी दुई कसुर अन्य घटनाभन्दा फरक छ। गुरुङ दम्पतीबाट बरामद सामग्री पनि प्रहरीकै लागि 'अचम्मको वस्तु' भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्