२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अन्धविश्वासले लियो ‘धामी’को ज्यान

बर्दिया–असार ४ गते मध्यरात १२ बजे राजापुर नगरपालिका–३, नंगापुरका ५५ वर्षीय जयराम थारुको हत्या भयो। घटनास्थल पुगेको प्रहरीले जयरामलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको पुष्टि गर्‍यो।

धामी जयरामको घाँटीमा र अन्य ठाउँ गरी दुई ठाउँमा खुँडा प्रहार गरिएको थियो। क्षतविक्षत अवस्थामा रहेको जयरामको शव हेर्दा योजनबद्ध तरिकाले हत्या गरेको हुन सक्ने प्रहरी अनुमान थियो।

तर, के कति कारणले हत्या भएको खुलाउन प्रहरीलाई लामो समय लाग्यो। घटनामा संलग्नलाई पक्राउ गर्न कुकुरलगायत आधुनिक उपकरण प्रयोग गरेर अनुसन्धानमा खटिएको प्रहरीले हत्या आरोपमा एक सातापछि स्थानीय दोदलाल थारुलाई  प्रहरी पक्राउ गर्न सफल भयो।

धामीले उल्टो मन्त्र पढेर आफ्नी श्रीमती जुकमानी र बुहारी ईन्द्रावती मारेको भन्दै दोदलालले बदला लिन हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। धामी जयरामकै कारण पेट फुल्ने रोगले ग्रसित भएको दोदरामले आरोप लगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय हत्या आरोपीलाई बिहीबार सार्वजनिक गर्ने क्रममा आफ्ना अन्य सन्तान सुरक्षित गर्न धामी जयरामको हत्या गरेको दोदलालले बताए।

धामी जयरामको घरमा खाना खाएर रातिमा सुतेको अवस्थामा घाँस काट्ने खुँडा (गरसा)  प्रहार गरेर हत्या भएको थियो। गोप्य सूचना र लामो प्रयासपछि हत्या आरोपीलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तीलक भारतीले बताए।

अन्धविश्वास कारण हत्या भएको निमित्त प्रहरी प्रमुख मदनजित महराले बताए। ‘धामीलाई हत्या गर्नुको पछाडि बदलावको भावना भएको देखिन्छ,’ उनले भने, ‘श्रीमती र बुहारीको मृत्यु भएका कारण बदला लिन हत्या गरेको देखिन्छ।’

 

प्रकाशित: १२ असार २०७६ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App