१५ वैशाख २०८१ शनिबार
image/svg+xml

तालाबन्दीले बाँकेमा कांग्रेसको निर्वाचन अन्यौलमा

बाँकेमा नेपाली कांग्रेसको निर्वाचन माहोल तात्तिरहेका बेला क्रियाशिल सदस्यता विवाद पुनः बल्झिएपछि अन्यौलता छाएको छ।

परीक्षा केन्द्र माग्दै जुम्ला क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी

जुम्ला बहुमुखि क्याम्पस जुम्लामा परीक्षा केन्द्र कायम हुनु पर्ने माग गर्दै विद्यार्थीले क्याम्पसमा ताला लगाएका छन्।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीद्वारा तालाबन्दी

विगत ११ वर्षदेखि अवरुद्ध भएको प्रतिष्ठानको पदपूर्ति र कर्मचारीहरुको वृत्ति विकासका लागि काम शुरु गर्नुपर्ने, प्रतिष्ठानमा लामोे समयदेखि कार्यरत अस्थायी तथा करारका कर्मचारीहरुको पेशागत सुरक्षा गर्नुपर्ने पनि माग

आन्दोलित विद्यार्थीद्वारा क्याम्पसमा तालाबन्दी

सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको बिएस्सी इन हर्टिकल्चरका आन्दोलनरत विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन्।

वीपीका चारै जना पदाधिकारीको कार्यालयमा तालाबन्दी, सबैको राजिनामा माग

पदाधिकारीहरु असक्षम एवं गैरजिम्मेवार भएको भन्दै संघर्ष समितिले प्रतिष्ठानका सबै पदाधिकारीहरुको राजिनामा एवं बहिर्गमनको माग गरेका छन्। यस्तै, प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलीको गठन गर्न पनि संघर्ष समितिले माग गरेको छ।

टीकापुर नगरपालिकामा तालाबन्दी

टीकापुर नगरपालिका–१ वनगाउँका बासिन्दाले आज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरुले वडा विभाजनको विषयमा असहमति जनाउँदै तालाबन्दी गरेका हुन्।

तालाबन्दी गरेका औषधि पसल उपमहानगरद्वारा खुल्ला

कर शाखाका अधिकृतको नेतृत्वमा खटिएको टोलीले इटहरी क्षेत्रका तीनवटा औषधि पसलमा अनुगमन गरि तालाबन्दी गरेको भोलिपल्ट उपमहानगरपालिकाले नै ताला खोलेको छ।

वीपीमा चर्किंदै इन्टरनेटमा भ्रष्टाचार प्रकरण: पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टरनेट सेवामा भएको भ्रष्टाचार प्रकरणलाई पदाधिकारीले नै ढाकछोप गर्न खोजेपछि थप विवाद चर्कदै गएको छ।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आधा घण्टा ताला

खानेपानी योजनामा अनियमितता भएको भन्दै नेपाली कांग्रेस क्षेत्रीय समितिले खोटाङको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन्।

वीपीमा सहमतिपछि उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा लागेको ताला खुल्यो

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा लागेको ताला खुलेको छ। आन्दोलनरत चिकित्सा तथा दन्तचिकित्सा शिक्षण कल्याण समाजसँग आज भएको वार्तामा सहमति भएपछि ताला खुलेको हो।

वीपी प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तालाबन्दी

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति कार्यकक्षमा तालाबन्दी भएको छ। प्रतिष्ठानस्थित चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले आफ्ना मागहरु पूरा नभएको भन्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकक्षमा आज तालाबन्दी गरेको हो। समाजले यसअघि माघ २३ गते नै प्रतिष्ठानका रेक्टर डा.गुरु खनालको कार्यकक्षमा पनि तालाबन्दी गरेको थियो।

दुई महिनादेखि तलब नपाएपछि जलविद्युत् आयोजनामा मजदुरले लगाए ताला

रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत मजदुरले कार्यालयमा तालावन्दी गरेका छन्। साढे दुई महिनादेखि पारिश्रमिक नपाएको र काम गर्ने समय समेत घटाएपछि मजदुरले कार्यालयमा ताला लगाएका हुन्।

शुल्क उठाएको भन्दै विद्यालयमा तालाबन्दी

शिक्षा ऐन तथा नियमावलीमा माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा निःशुल्क हुने भनिए पनि रौतहटको गौर नगरपालिकास्थित जुद्ध माध्यमिक विद्यालयले विद्यार्थीबाट विभिन्न नाममा शुल्क असुल गरिरहेको भन्दै विद्यार्थी संगठनहरुले विद्यालयमा ताला लगाएका छन्।

वरिष्ठताका आधारमा पदाधिकारी नियुक्तिको माग गर्दै तालाबन्दी

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी नियुक्ति जेष्ठता र प्राज्ञिक वरिष्ठताका आधारमा गर्न माग गर्दै प्राध्यापकहरूले उपकुलपति, रजिष्ट्रार र रेक्टरको कार्यालयमा तालाबन्दी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्