२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

नेपाल मेडिकल कलेजमा तालाबन्दी

नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएका छ ।

नगरपालिकामा तालाबन्दी

नेपाली काँग्रेस निकटका जनप्रतिनिधिले गैँडाकोट नगरपालिकामा तालाबन्दी गरेसँगै सेवाग्राही मर्कामा परेका छन्। नगर प्रमुख छत्रराज पौडेलले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा बजेट असार १६ गते पारित गरेपछि केही नगरसभा सदस्य असन्तुष्ट हुँदै नगरपालिकामा ताला लगाएका थिए।

गाउँपालिकाको लेखा शाखामा वडाध्यक्षद्वारा तालाबन्दी

कपिलवस्तुको यशोधरा गाउँपालिकाको लेखा शाखामा वडा नम्बर ५ का अध्यक्ष लईस पठानले तालाबन्दी गरेका छन्। लेखा अधिकृत निराजन लम्सालले जनप्रतिनिधि र सेवाग्राहीलाई अनावश्यक दुःख दिएको भन्दै पठानले लेखा शाखामा ताला लगाएका हुन्।

पाँच दिनदेखि क्याम्पसमा तालाबन्दी

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गरेको तालान्दीका कारण पाँच दिनदेखि बनेपा नगरपालिकास्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ।

प्रदूषणको विरोधमा इन्दुशंकरमा तालाबन्दी

इन्दुशंकर चिनी उद्योग हरिवनले प्रदूषण नियन्त्रणमा कुनै ध्यान नदिएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयले बुधबार उद्योगको मूलगेटसहित उखु ढुवानी हुने गेटमा तालाबन्दी गरेका छन्।

स्थानीयद्वारा ईन्दुशंकर चिनी उद्योगमा तालाबन्दी

ईन्दशंकर चिनी उद्योग हरिवनले प्रदुषण नियन्त्रणमा कुनै ध्यान नदिएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयबासिन्दाले बुधबार उद्योगको मूलगेटसहित उखु ढुवानी हुने गेटमा तालाबन्दी गरेका छन्।

काठमाडौँ विश्वविद्यालयमा पुनः ताला

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबारबाट पुनः तालाबन्दी गरेका छन्।

पाथीभरा क्याम्पसको प्रशासन कक्षमा तालाबन्दी

आफूहरुले राखेका मागको उचित सुनुवाइ नभएको भन्दै सत्तारुढ दल निकट अनेरास्ववियुले बिहीबार ताप्लेजुङ सदरमुकामस्थित पाथीभरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख र प्रशासन कक्षमा तालाबन्दी गरेको छ।

उपप्रमुख कै नेतृत्वमा कलैया उपमहानगरपालिकामा तालाबन्दी

उपप्रमुखको नेतृत्वमा कलैया उपमहानगरपालिकामा मंगलवार तालाबन्दी गरिएको छ। उपप्रमुख रहिनमा खातुन नेतृत्वमा रहेका केही वडाध्यक्षको टोलीले १३ सुत्रीय माग राखेर उपमहानगरपालिकामा तालाबन्दी गरेका हुन्।

जनज्योति क्याम्पसमा नेविसंघले लगायाे ताला

जनज्योति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीले साेमबार अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

नेकपा कार्यालयमा तालाबन्दी

कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३ भक्तपुर क्षेत्र नं। १ (क) का लागि पार्टीले देवीप्रसाद अर्थात डीपी ढकाललाई उम्मेदवारी बनाएकोमा आपत्ति गर्दै आज कार्यालयमा तालाबन्दी गरिएको हो।

नियुक्तिलाई लिएर त्रिवि रजिस्ट्रार कार्यालयमा तालाबन्दी

त्रिभुवन विश्वविद्यालय व्यवस्थापनले तय गरेको सिद्धान्तविपरीत जनप्रशासन विभागमा निमित्त प्रमुख नियुक्त गरेको भन्दै विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले अनुचित ढंगले विभागीय प्रमुख नियुक्त गरेको भन्दै आन्दोलन थालेका हुन्।

त्रिवि उपकुलपतिको कार्यालयमा तालाबन्दी

वरिष्ठतम प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुख नियुक्ति गर्नुपर्ने, एउटै व्यक्ति दुईवटा संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग पुरा गराउन दबाब दिँदै विद्यार्थीहरुले आज त्रिवि उपकुलपति र रेक्टरको कार्यालयमा पनि तालाबन्दी गरेका छन्।

जनप्रतिनिधिलेनै तालाबन्दी गरेपछि गाउँपालिकाको सेवा प्रभावित

जनप्रतिनिधिले गेरुवा गाउँपालिकाको कार्यालयमा जबरजस्ती तालाबन्दी गरेपछि आइतवार दिनभर काम ठप्प भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्