१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

जनज्योति क्याम्पसमा नेविसंघले लगायाे ताला

सांकेतिक तस्बिर

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित जनज्योति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीले साेमबार अनिश्चितकालीन तालाबन्दी गरेका छन्। क्याम्पस प्रशासनसमक्ष साताअघि प्रस्तुत गरिएका मागबारे सुनवाइ हुन नसकेपछि तालाबन्दी गरिएको सङ्घका पूर्वजिल्ला सदस्य उपेन्द्रबहादुर बमले बताए । क्याम्पस र प्रशासन शाखामा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्।

विद्यार्थीहरुले शुल्क फिर्ता गर्नुपर्ने, मोटरसाइकल पार्किङको व्यवस्था गर्नुपर्र्ने, पुस्तकको व्यवस्था गर्नुपर्ने, दोहोरो अध्यापन बन्द गर्नुुपर्ने, एमबिबिएसको चौथो सेमिष्टरमा शिक्षकको व्यवस्था गर्नुपर्नेलगायत मागअघि सारेका छन्। रासस

प्रकाशित: ९ मंसिर २०७६ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App