१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

गाउँपालिकाको लेखा शाखामा वडाध्यक्षद्वारा तालाबन्दी

यशोधरा गाउँपालिकाको लेखा शाखामा तालाबन्दी गरिदै ।

कपिलवस्तु- कपिलवस्तुको यशोधरा गाउँपालिकाको लेखा शाखामा वडा नम्बर ५ का अध्यक्ष लईस पठानले तालाबन्दी गरेका छन्। लेखा अधिकृत निराजन लम्सालले जनप्रतिनिधि र सेवाग्राहीलाई अनावश्यक दुःख दिएको भन्दै पठानले लेखा शाखामा ताला लगाएका हुन्।

गाउँपालिकाद्वारा सञ्चालित विकास निमार्णको काममा लेखा शाखाले अनावश्यक दुःख दिने र समयमा काम नगरकोले ताला लगाएको पठानले बताए। उपभोक्ता समितिले सम्पन्न गरेको कामममा भुक्तानी दिन ढिलाई गरेको र पटकपटक आग्रह गरे पनि सुनुवाई नभएको उनले आरोप लगाए।

‘लेखा अधिकृत बनेर आएदेखि गाउँपालिकामा लेखा शाखाले राम्रो काम गरेको छैन, हामीले पटकपटक आग्रह गरे पनि कुनै मतलब राखिदैन’ उनले भने। लेखामा कर्मचारीहरु  नियमित उपस्थीत नहुने र लेखाका कारण निर्वाचित जनप्रतिनिधिलाई काम गर्न असजिलो भएकाले तालाबन्दी गर्नुपरेको उनले बताए। उपयुक्त निकास ननिस्किएसम्म तालाबन्दी कायम रहेने उनले बताए।

करिब एक वर्षअघि लम्साल लेखा अधिकृतका रुपमा गाउँपालिका आएका थिए। उनी आएको केही दिनदेखि नै लेखा शाखा र जनप्रतिनिधिहरुबीच कुरा नमिलेको गाउँपालिका श्रोतले जनाएको छ। बिभिन्न योजना, कार्यक्रम लगायतको भुक्तानीमा गाउँपालिका अध्यक्ष गिरुजेश पाण्डेय र लेखा अधिकृत लम्सालबीच मनमुटाव रहँदै आएको छ। गाउँपालिका अध्यक्ष पाण्डेयले लम्सालाई सरुवा गराउन पटकपटक पहल गरेको श्रोतको दाबी छ।

पछिल्लो पटक ५४ हजारको खरिद गरिएको मोबाइलको भुक्तानी गर्न नमानेपछि झनै बिवाद बढेको थियो। त्यही विषयलाई लिएर अहिले तालाबन्दी गरिएको गाउँपालिकाका एक श्रोतले जनाएका छन्। उता गाउँपालिका अध्यक्ष पाण्डेयले घटना प्रति दुःख ब्यक्त गर्दै दुबै पक्षलाई मिलाउन पहल गनै दाबी गरे। एता लेखा अधिकृत लम्सालले आफू बिरामी बिदामा रहेको बेला तालाबन्दी गरिएकाले यस बारे आफूलाई केही जानकारी नभएको दाबी गरे।

 

 

प्रकाशित: ७ फाल्गुन २०७६ १४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App