१२ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

स्पिनर ललित बने प्लेटफर्मको 'ब्रान्ड एम्बासेडर'

राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशीलाई प्लेटफर्म एजुकेशन फाउन्डेसनले आफ्नो ब्रान्ड एम्बासेडर नियुक्त गरेको छ ।

बुधबार एक कार्यक्रम आयोजना गरी कम्पनीले ललितलाई एम्बासेडर घोषणा गरेको हो। ललित तीन वर्षसम्म प्लेटफर्म एजुकेशन फाउन्डेसनको ब्रान्ड एम्बासेडर रहनेछन् । उनी के कति रकममा ब्रान्ड एम्बासेडरमा नियुक्त भएका हुन् भन्नेबारे भने कम्पनीले केही खुलाएको छैन ।  

तीन वर्षसम्म ललितले कम्पनीको प्रचारप्रसार गर्नेछन् । उनले कम्पनीले बनाउने भिडियोमा अभियन गर्नेछन् । साथै उनी देशका विभिन्न स्थानमा कम्पनीले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन् ।  

आवश्यकताअनुसार उनीसँगको सम्झौता पुनः थपिने कम्पनीका सीईओ सुनिल खतिवडाले जानकारी दिए ।

प्रकाशित: १२ मंसिर २०८१ १९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App