१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

उपप्रमुख कै नेतृत्वमा कलैया उपमहानगरपालिकामा तालाबन्दी

बारा-  उपप्रमुखको नेतृत्वमा कलैया उपमहानगरपालिकामा मंगलवार तालाबन्दी गरिएको छ। उपप्रमुख रहिनमा खातुन नेतृत्वमा रहेका केही वडाध्यक्षको टोलीले १३ सुत्रीय माग राखेर उपमहानगरपालिकामा तालाबन्दी गरेका हुन्।

क्यान्सर रोगबाट ग्रसित रहेका वडा नम्बर ५ का वडाअध्यक्ष रामअयोध्या मण्डललाई कार्यपालिका बैठकबाट  ५ लाख उपचार खर्चको लागि सहयोग गर्ने निर्णय भए पनि सहयोग रकम नदिएको कारणले तालाबन्दी गर्नु परेको उपप्रमुख रहिमा खातुनले बताईन।

आर्थिक सहयोग दिनमा ढिलाई गर्नुका साथसाथै अन्य कामहरुमा समेत अपारदर्शिता रहेकोले १३ सुत्रीय माग सहित विरोध स्वरुप नगरपालिकामा तालाबन्दी गर्नु परेको उपप्रमुख खातुनले बताईन।

कुनै छलफल नै नगरी उपप्रमुखको नेतृत्वमा  तालाबन्दी गर्नु राम्रो कार्य नभएको  कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले बताए।

वडाअध्यक्ष मण्डललाई उपचारको लागि ५ लाख रुपैयाँ दिने निर्णय भएपनि त्यो रुपैयाँ वडाध्यक्षलाई दिनु भन्दा उपचारमा खर्च भएको विल भपाईको आधारमा भुक्तानी गर्नु पर्ने निर्णय भएको प्रमुख यादवले बताए।

उनले नगरपालिकामा नियम अनुसार नै कामहरु भएको र केही व्यक्तिको स्वार्थ सिद्ध नहुँदा उपमहानगरपालिकालाई बदनाम गराउने गरि तालाबन्दी गरेको आरोप लगाए।

 

 

 

प्रकाशित: १ पुस २०७६ १२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App