१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

त्रिवि उपकुलपतिको कार्यालयमा तालाबन्दी

काठमाडौं– वरिष्ठतम प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुख नियुक्ति गर्नुपर्ने, एउटै व्यक्ति दुईवटा संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग पुरा गराउन दबाब दिँदै विद्यार्थीहरुले आज त्रिवि उपकुलपति र रेक्टरको कार्यालयमा पनि तालाबन्दी गरेका छन्।

गत सोमबार विभागमा तालाबन्दी गरेका विद्यार्थीले हिजो त्रिवि रजिष्टरको कार्यालयमा तालाबन्दी गरेका थिए।

अनुचित ढंगले जनप्रशासनको  विभागीय प्रमुख नियुक्ति गरेको आरोप लगाउँदै स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले निर्णय सच्याउन दबाब दिँदै आएका छन्। 

माग पुरा नभएकाले आन्दोलन थप लम्बिएको संघको जनप्रशासन क्याम्पस इकाइ अध्यक्ष सुदीप श्रेष्ठ जनाएका छन्।

विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलनलाई तोडेर उपप्राध्यापकलाई निमिक्त प्रमुख बनाइएपछि आन्दोलन सुरु भएको हो।

त्रिविले निमित्त प्रमुख प्राध्यापक यशोधा काफ्लेको तीन महिने कार्यकाल सकिएपछि उपप्राध्यापक हरिभक्त शाहीलाई निमित्त प्रमुख नियुक्त गरेको छ। 

तालाबन्दीमा स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट तारताम थापाको टोली पनि संलग्न छ।

त्रिविमा नयाँ पदाधिकारी नियुक्तिको केही दिनअघि गरिएको नियुक्ति गलत मनसायबाट भएको भन्दै प्राध्यापकहरू समेत नियुक्तिप्रति असन्तुष्ट रहेको श्रेष्ठले बताए।

प्रकाशित: ७ कार्तिक २०७६ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App