कोरोना अपडेटः विश्वभर संक्रमित ५० लाखको हाराहारीमा, ३ लाख २४ हजारको मृत्यु
कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाखको हाराहारीमा पुगेको छ ।
कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाखको हाराहारीमा पुगेको छ ।
कपिलवस्तुमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । यससंगै जिल्लामा कोरोना संक्रमतिको संख्या ५९ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कपिलवस्तुमा १२ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसको आधिकारिक पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अझै गरी सकेको छैन ।
बाँके नरैनापुरका कोरोना संक्रमित ५९ जना ब्यक्तिले २४ घण्टा बित्दा पनि आइसोलेसनमा बस्न पाएका छैनन्। भेरी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणबाट बुधबार एकैदिन ५९ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित ब्यक्तिलाई समयमा आइसोलेनमा नराख्दा संक्रमण थप फैलिने जोखिम बढेको छ।
सोमवार राती कोरोना संक्रमण पुष्टि भएको खबर आएपछि पनि उनीहरूलाई एउटै कोठामा सुताईएको खुलेको छ । रातीसंगै भएपनि मंगलवार विहानदेखी संक्रमित ब्यक्तिलाई छुटटै कोठामा राख्नका लागि आफुहरूले कोशिस गरेपनि उपचारका लागि बाहिर नलगेसम्म सामुहिक बसालिएको आठविस नगरपालिका –१ का वडाअध्यक्ष पर्वसिंह विश्वकर्माले बताए ।
आज बिहान मात्र कचनकवल गाउँपालिकाको सीमा क्षेत्रमा ६४ नेपाली आइपुगेका छन् । उनीहरुमध्ये १० पाठामारी र ५४ केचनाको सीमा क्षेत्रमा छन् । सीमा रहेका सुरक्षाकर्मीले उनीहरुलाई त्यही रोकेर राखेका छन् ।
वुटवल र भैरहवाका कोरोना अस्पताल भरिभराउ भएपछि संक्रमितलाई अस्पताल लैजान समस्या भएको छ ।
संक्रमित ब्यक्तिलाई आइसोलेनमा राख्न ढिलाई हुँदा थप संक्रमण फैलिन सक्ने जोखिम बढेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नरैनापुरका संक्रमित ब्यक्तिलाई कहाँ राख्ने भन्ने बारे अहिलेसम्म टुंगा नलागेको बताए । ‘संक्रमित ब्यक्तिलाई कहाँ राख्ने भन्ने टुंगा लागेको छैन, केन्द्रबाट एउटा टोली आएको छ, त्यही विषयमा हामी छलफलमै छौं,’ उनले नागरिकसँग टेलिफोनमा भने ।
रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना संक्रमितको स्वास्थ्यावस्था स्थिर छ।
दाङमा ६ सय बढिको कोरोना परीक्षण भएको छ। अहिलेसम्म परीक्षण भएका ६ सय ४३ मध्य २ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि हुनेहरु गढवा गाउँपालिकाका दुई पुरुष छन्।
कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले गत चैत ११ देखि गरेको लकडाउन पटक पटक गरी जेठ २० सम्म लम्ब्याउने घोषणा गरेको छ । बन्दाबन्दीले दैनिक रोजगारी गरेर जीवन निर्वाह गर्ने, निम्न र विपन्न वर्ग सबैभन्दा पीडित बनेका छन् ।
धनुषा जिल्ला जनकपुर उप महानगरपालिकाका २ जना कोरोना संक्रमित थपिएसँगै प्रदेश २ मा संक्रमितको संख्या १३५ पुगेको छ । सोमबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनुषाको दुई जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।
पोखरा महानगरपालिका–१३ को वडा कार्यालय अगाडि बिहान ९ बजे नै मानिस जम्मा हुने गर्छन् । सामाजिक दूरी कायम गरेर वडाले लगाएको घेराभित्र उभिनेहरुको हातमा एउटा झोला पनि हुन्छ । उनीहरु सेवा लिन आएका भने होइनन् । बन्दाबन्दीका कारण हातमुख जोड्न समस्यामा परेकाहरु वडाले वितरण गरेको खाना खानका लागि त्यहाँसम्म आइपुगेका हुन् ।
नारायणी उपक्षेत्रीय अस्पतालकी नर्स हेमा थापा कोभिड–१९ सेवाकी नर्सिङ सुपरभाइजर हुन् । डेढ महिनाअघि तीन जना भारतीय व्यक्तिमा कोरोना संक्रमण हुँदादेखि यता हेमा नै संक्रमित विरामीहरुको सेवामा खटिएकी छिन् ।
विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको पहिलो त्रैमासिक अवधिमा कोरोनाभाइरसका कारण पेशा व्यवसायका सेवाहरु कटौती हुँदा जापानी अर्थव्यवस्था मन्दीतर्फ उन्मूख भएको देखिएको छ ।
६ वर्षअघि डा. निरेश थापा कर्णालीमा आइपुगे। जतिबेला कर्णालीमा डाक्टरको अभाव थियो। सरकारी दरबन्दीमा रहेका डक्टर आउदैनथ्ये। कर्णालीका अस्पताल अनमी अहेवको भरमा चलिरहेको थियोे।