९ आश्विन २०८१ बुधबार
image/svg+xml

पर्यटक लोभ्याउन सन्दकपुर महोत्सव (तस्वीरहरु)

सातखाल्डे खेलमैदान सजाएर चिरिच्याट्ट पारिएको छ । स्थानीय विशेषता झल्काउने वस्तुको पृष्ठभूमिमा ‘सन्दकपुर’ लेखिएको स्तम्भ मैदानको बीचभागमा ठड्याइएको छ।

पूर्वराजा ज्ञानेन्द्र भन्छन, 'लोभ र लालच देखाएर सामाजिक संरचना च्यात्ने प्रयत्न भइरहेको छ'

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक भित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गरेका छन्।

जब उनले कुवेतमा १० लाखमा बेचिएको थाहा पाइन्...

पीडित युवतीका अनुसार वैदेशिक रोजगारीका लागि कुवेत पुगेका कतिपय महिलालाई ४ देखि १२ लाखसम्म बेचिने गरेका छन्। जिउडाल मिलेका (हेर्दा आकर्षक र कम उमेरका) महिलालाई १० देखि १२ लाखमा र ठिकैलाई ४ देखि ५ लाखमा बेचिन्छ।

डोल्पा पुग्नुपर्ने यात्रु मुगु पुगेपछि...

जहाँ नेपाल एयरलाइन्सका कर्मचारीले उनलाई जहाजभित्र प्रवेश दिए। उनलाई लाग्यो, अबको केही समयमा डोल्पा पुग्छु। तर उनी डोल्पा होइन, मुगु पुगिन्। अनि अताल्लिइन्। भनिन्, ‘डोल्पा जाने मान्छे, कसरी मुगु आए ?’ नाबालक छोरासहित डोल्पा जानुपर्ने राजकुमारी एयरलायन्सको लापरबाहीका कारण मुगु पुगेकी हुन्।

मतदाता लोभ्याउन उम्मेदवारको भोजभतेर

'मतदातालाई प्रलोभनमा पार्ने हिसाबले कुनै पनि गतिविधि उम्मेदवारले गर्न पाउँदैनन्,' उनले भने,'यदि त्यस्तो गरेको छ भने सिडियो साहेवलाई जानकारी गराइदिनुस् हामी छलफल गर्छौं।'

आइटिएफ टोली स्लोभेनिया प्रस्थान

आठौं आइटिएफ तेक्वान्दो वर्ल्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार स्लोभेनिया प्रस्थान गरेका छन्।

काठमाडौँ–पोखरा उडानमा देखिने लोभलाग्दा दृष्य (फोटोफिचर)

२५ मिनेटको काठमाडौँ–पोखरा उडानका क्रममा मौसम सफा हुँदा उत्तरतिर हिमाली श्रृंखला लहरै देख्न सकिन्छ। याे र बेला वर्षायाम हो। अहिले हिमाली श्रृंखला उत्तिसारो देख्न पाइँदैन। प्रायजसो समय बादलले छेकेको हुन्छ।

व्यक्तिहरुसँग लाखौँ रकम ठग्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले ७५ हजार रूपैयाँसहित पक्राउ गरेको छ।

वैदेशिक रोजगारी: युरोप–अमेरिका मोहमा ठगिँदै युवा

लाखौं रूपैयाँ दलाललाई बुझाएर युरोप–अमेरिकातिर हिँडेका नेपाली सहजै त्यहाँ पुग्दैनन्। थाइल्यान्डबाट फर्केका एक पीडितका अनुसार दलालले धेरैलाई काठमाडौंबाट घुम्न भनेर भारत, थाइल्यान्ड, इन्डोनेसिया, श्रीलंकाजस्ता सहजै जान सकिने मुलुकमा लैजान्छन्।

छोराछोरीकै अगाडि महिलाको सामूहिक बलात्कार, बयान फेर्न लगातार आर्थिक प्रलोभन

गएको कात्तिक २ गते राती झ्याल फोडेर भित्र प्रवेश गरी मुखमा कपडा कोचिदिएर तीन जनाले बलात्कार गरेको पीडित महिलाको भनाई छ।

अमेरिका–युरोप मोहमा युवाः न विदेश, न सम्पत्ति

केही वर्षअघिसम्म रुकुमका मानबहादुर ओलीलाई दैनिक गुजारा चलाउन खासै समस्या थिएन। गाउँमा जग्गाजमिन पुग्नेजति थियो। मेहनत गरे पुग्नेजति उत्पादन सहजै लिन सकिन्थ्यो। तर उनको चाहना यतिमै रोकिएन। साथीको लहलहैमा लागेका उनलाई अमेरिकाको प्रलोभनले सतायो। र, यतिखेर त्यही प्रलोभनका कारण उनी घर न घाटका भएका छन्। अमेरिका जान भन्दै पुर्ख्याैली सम्पत्ति बेचेर दलाललाई ४० लाख रूपैयाँ बुझाएका उनको तीन वर्ष बित्दासमेत विदेश यात्रा सफल हुन सकेको छैन।

वैदेशिक रोजगारीमा बेथिति: जागिरको प्रलोभनमा बर्सेनि एक अर्ब रूपैयाँ लुट

वैदेशिक रोजगार ऐन, २०६४ ले म्यानपावरले धरौटीभन्दा बढी रकम ठगी गरेको पुष्टि भए सञ्चालकको घरघरानाबाट असुलउपर गर्न सकिने व्यवस्था गरेको छ। तर मिलेमतोमा यो ऐन कार्यान्वयन ल्याइएको छैन।

हरियो घाँसको लोभमा जथाभावी डढेलो

पाखो जंगलमा लागेको डढेलो गोठ नजिकै पुग्दै थियो। गोठमा रहेका दाउरा जल्न नदिन रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–१० की ४५ वर्षीया सर्केनी दमाई डढेलो नियन्त्रण गर्न जान्छिन् तर विडम्बना डढेलोले दाउरा मात्र होइन सर्केनीलाई समेत जलायो। यहाँ डढेलो यो वर्ष मात्र होइन, प्रत्येक वर्ष नयाँ घाँस पलाउने आसमा डढेलो लगाउने गरिन्छ।

बिमा रकमकाे लाेभमा पत्नीकाे हत्या

रूपन्देहीमा बिमाबापतको रकमको लोभमा एक व्यक्तिले पत्नीको हत्या गरेका छन। जिल्लाको सम्मरीमाइ गाउँपालिका–५ की कुसुम लोधलाइ बिमाको रकम हडप्न पाइने लोभमा आफ्नो भाइको सहयोगमा शैलेशकुमार लोधले हत्या गरेको प्रहरीले जनाएको छ।

एक अर्बको प्रलोभन आयो तर आफैं कालोमोसो दल्न हुँदैन भनेर इन्कार गरेँ : वनमन्त्री आले

वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भनी आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्