७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

डोल्पा पुग्नुपर्ने यात्रु मुगु पुगेपछि...

समिट एयरको मंगलबार बिहान ६ः२० बजे नेपालगन्ज–डोल्पा  उडान थियो। उक्त जहाज चढ्न डोल्पास्थित ठूलोभेरी नगरपालिका–५ की राजकुमारी बुढा मंगलबार नेपालगन्ज एयरपोर्ट पुगिन्। उडानका लागि सबै प्रक्रिया पूरा गरेर उनी जहाजतर्फ लम्किइन्। तर उनी समिटको होइन, सोही समयमा नेपालगन्जबाट मुगु उडान भर्न लागेको नेपाल एयरलाइन्सको जहाजमा पुगिन्।

जहाँ नेपाल एयरलाइन्सका कर्मचारीले उनलाई जहाजभित्र प्रवेश दिए। उनलाई लाग्यो, अबको केही समयमा डोल्पा पुग्छु। तर उनी डोल्पा होइन, मुगु पुगिन्। अनि अताल्लिइन्। भनिन्, ‘डोल्पा जाने मान्छे, कसरी मुगु आए ?’ नाबालक छोरासहित डोल्पा जानुपर्ने राजकुमारी एयरलायन्सको लापरबाहीका कारण मुगु पुगेकी हुन्। यस विषयमा सोधपुछ जारी रहेको नेपाल एयरलाइन्स नेपालगन्जका क्षेत्रीय प्रवन्धक किरणमान श्रेष्ठले जनाए। कसको कमजोरी हो त्यो अनुसन्धान भइरहेको उनी बताउँछन्।

मुगु पुगेकी ति महिला करिब २/३ घण्टापछि तारा एयरबाट पुनः नेपालगन्ज फर्किएकी छिन्। नेपालगन्जबाट नेपाल एयरलाइन्सको जहाज करिब १४ जना यात्रु बोकेर मुगु पुगेको थियो।

प्रकाशित: २२ कार्तिक २०७९ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App