३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

पूर्वराजा ज्ञानेन्द्र भन्छन, 'लोभ र लालच देखाएर सामाजिक संरचना च्यात्ने प्रयत्न भइरहेको छ'

फाइल तस्वीर

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक भित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गरेका छन्।

सोमवार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दन लिएपछि सम्बोधन गर्दै शाहले जनताको चासोप्रति आफू जानकार रहेको बताएका हुन। 

सम्बोधनका क्रममा शाहले जनताबाट प्राप्त चिन्ता र चासोप्रति आफू गम्भीर बनेको बताए। उनले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धति शान्ति र अनुशासन बिना हुन नसक्ने बताए।

शाहले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लालचमा पारी सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको उल्लेख गरे। उनले राष्ट्रियताको रक्षा र राष्ट्रिय एकतामा जोड दिनुपर्ने बताए। परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिन नसक्ने उनको भनाई थियो।

पूर्वराजा शाहले भने, ‘हाम्रो देशलाई माया गरेर, आफ्नो देशको अवस्था बुझेर, तपाईँहरूबाट जस प्रकारको चिन्ता, चासो र चिन्तन भएको छ, त्यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। स्थिरता र स्थायित्व, सही राज्य पद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन। कसैलाई धन,कसैलाई मन,कसैलाई पद र कसैलाई कद दिएर लोभ्याएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ। परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन। निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्रिय एकताको रक्षा गर्नुछ।  निश्चय पनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र निश्चय पनि हामीले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नु छ। आफ्नो भूभागका जनतानै हाम्रा विधाता हुन्, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहम् धर्म हो। त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट, उपगुटमा अल्झिएर होइन, अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नु पर्दछ । तपाईँहरू जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जागृत हुँदै जाओस्।’

पूर्वराजा शाहले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धति, शान्ति र अनुशासन बिना हुन नसक्ने बताएका हुन। 

प्रकाशित: २० चैत्र २०७९ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App