१० मंसिर २०८१ सोमबार
image/svg+xml

यसरी पुनर्निर्माण हुँदैछ रानीपोखरी

२०७२ सालको भूकम्पले ढलेको ऐतिहासिक महत्वको रानीपोखरीको पुनर्निर्माण काम जारि छ, बन्दा बन्दि कै क्रममा भैरहेको रानीपोखरी निर्माणको काम अन्तिम चरण मा पुगेको छ।

इनरुवा–काँकडभिट्टा खण्डमा ट्र्याक बेडको टेन्डर

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावअघिदेखि नै रेल र पानी जहाज सञ्चालनको कुरा गर्दै आएका छन्। आउँदो आर्थिक वर्ष विभागलाई रेल सञ्चालनका लागि पूर्वाधार तयार गर्न करिब नौ अर्ब रूपैयाँ बजेट विनियोजन गरिएको छ।

पुल निर्माण लक्ष्यको आधा

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकामा सडक चौडा अभियानको सुरुवात गरे। त्यसैको परिणामस्वरुप २०७१ सालमा माइतीघर–तीनकुने ६ लेनको सडक तयार भयो। ६ लेनको उक्त सडक चिटिक्क र आकर्षक छ। सडकको बीचमा रोपिएका बोटबिरुवा हुर्किएर मनमोहक देखिने भइसके।सडक चौडा भए पनि तीनकुने बाग्मती पुलनजिक पुगेपछि भने बाटो फेरि साँघुरिन्छ।

सुरुङमार्ग निर्माणका सबै अवरोध हटे

धादिङतर्फको १७ रोपनीसहित काठमाडौंतर्फको घर, जग्गालाई हालसम्म करिब साढे पाँच अर्ब रूपैयाँ मुआब्जा वितरण भइसकेको र अब एक अर्ब रूपैयाँजति वितरण गर्न बाँकी छ।

नीतिगत सुधार भए निर्माण क्षेत्रमा उल्लेख्य रोजगारी

सरकारले आन्तरिक रुपमा वातावरण बनाइदिएको खण्डमा नेपालको निर्माण क्षेत्रमा नै उल्लेख्य रोजगारी दिन सकिने नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ।

निर्माणाधिन मदन आश्रित पार्कमा तोडफोड

पञ्चपुरी नगरपालिका–५, बावियाचौरमा निर्माणाधिन मदन आश्रित पार्कमा तोडफोड भएको छ । मंगलबार राति अज्ञात समूहले उक्त पार्कमा तोडफोड गरेको हो । अज्ञात समूहले निर्माणाधिन पार्कको १० मिटरजति पर्खाल भत्काएको छ ।

निर्माण भईरहेको घरबाट हामफालेर मजुदरले ज्यान गुमाए

कपिलवस्तुको कृष्णगनर नगरपालिका– २ स्थित घर निर्माण कार्यमा एक मजदुर छतबाट हामफालेर ज्यान गुमाएका छन् । स्थानीय जाहिद खानको घरमा काम गर्ने जिल्ला कपिलवस्तु शिवराज नगरपालिका ६ खैरिका ३८ वर्षिय दिपु लोहारले छतबाट हामफालेर ज्यान गुमाएका हुन । लोहारले अचानक ३ तले घरको १ तला छतबाट आफै हामफालेको प्रहरीले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिकाले सुविधा सम्पन्न क्वारेन्टिन निर्माण गर्याे

सरकारले विदेशमा भएका आफ्ना नागरिकलाई उद्वार गर्ने नीति लिए संगै देश भर क्वारेन्टिन निर्माण भैरहेका छन् । यसै बीच बनेका क्वारेन्टिनहरु को नाजुक अबस्था बारे बिभिन्न समाचारहरू आइरहेका छन् । हरेक स्थानीय तहले आफ्नो क्षेत्रमा क्वारेन्टिनहरु निर्माण गरिरहेका छन् । तर केहि स्थानमा नाजुक अवस्था र सामान्य सुविधा समेत नभएका क्वारेन्टिनहरु निर्माण गरेर सरकारले आलोचना समेत खेपी रहेको छ ।

उपसहरहरूको निर्माण प्रकृया अविलम्ब रोक्न माग

नेपाल सरकार शहरी विकास मन्त्रालय, काठमाडौ उपत्यका विकास प्राधिकरणले काठमाडौ उपत्यकाभित्र १ लाख रोपनीको १ वटा र १० हजार रोपनीको ३ वटा गरी ४ वटा उपसहरहरूको निर्माण गर्ने भनी थालेको निर्माण प्रकृया अविलम्व रोक्न माग गरिएको छ ।

बैतडीको सतबाँजमा डिप बोरिङबाट पानी

समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा रहेको बैतडीको सतबाँजमा डिप बोरिङबाट पानी निकालिएको छ। सुख्खा फलफूल विकास केन्द्रको परिसरमा डिप बोरिङबाट पानी निकालिएको हो । सुख्खा डाँडोमा बोटविरुवामा सिँचाइ र खानेपानीको लागि डिप बोरिङबाट पानी निकालिएको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले बताए ।

धरानमा अन्र्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुँदै

फुटबल भनेपछि हुरुक्कै हुने खेलप्रेमीहरुको सहर हो धरान । यहाँका थुप्रै खेलाडीहरु राष्ट्रिय, अन्र्तराष्ट्रियस्तरमा खेलिसकेका छन् । धरानलाई मिनि ब्राजिल पनि भनिन्छ । मिनि ब्राजिलका युवाहरुमा क्रिकेट खेलप्रति आकर्षण पनि बढ्दो छ ।

आइसोलेसन कक्ष निर्माणमा तीव्रता

कोभिड-१९ संक्रमित बिरामी राख्नका लागि आइसोलेसन कक्ष निर्माणमा तीव्रता दिएको छ । गुलरियास्थित कभर्ड हलमा निर्माण भएको भवनमा मात्र ९५ जना बिरामी राख्न सक्ने गरी आइसोलेसन कक्ष निर्माण गरिएको हो ।

डिप बोरिङ निर्माण, ३० हजार जनता लाभान्वित

चन्द्रागिरि नगरपालिकामा ३० हजार जनतालाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ डिप बोरिङ निर्माण गरिएको छ। नगरपालिकाले बन्दाबन्दीको समयमा पनि विकास निर्माणलाई अगाडि बढाउँदै वडा नं १० र ११ मा पर्ने सतुङ्गलमा ८६ लाख ७० हजार रुपैयाँको लागतमा डिप बोरिङ निर्माण गरेको हो।

स्थानीयले बनाए कांसाहोप ताल

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका स्थानीयले ताल निर्माण गरेका छन् । खार्मीका २२ घर स्थानीयले भंगेटारमा कांसाहोप नामक ताल निर्माण गरेका हुन् । कांसाहोप, बाँझोबारी, रमितेडाँडा लगायतका ठाउँको पर्यटन प्रवद्र्धनका लागि कृत्रिम ताल निर्माण गरिएको उपभोक्ता समितिका सचिव दीपककुमार तामाङले बताए ।

गहनापोखरीमा सत्तल पुननिर्माणको शिलान्यास

काठमाडौंको हाँडीगाउँमा ऐतिहासिक सत्तल पुनर्निर्माणको शिलान्यास भएको छ । शनिबार नेकपा केन्द्रीय सदस्य एवं बागमती प्रदेश सांसद नारायण सिलवालले सत्तलको शिलान्यास गरेका हुन् । प्राचीन समयदेखि नै पाटी र सत्तलहरू जनजीवनको अभिन्न अङ्ग भइसकेका थिए । २०७२ सालको भूकम्पले सत्तल जीर्ण भएपछि सांसद सिलवालको पहलमा पुनर्निर्माण हुन लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्