८ आश्विन २०८१ मंगलबार
image/svg+xml

स्वास्थ्य सामग्री पठाउँदै खोटाङ सेवा समाज यूके

कोभिड–१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि खोटाङ सेवा समाज यूकेले खोटाङलाई अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर लगायतका लाखौंका स्वास्थ्य सामग्री प्रदान गर्ने तयारी गरेको छ ।

कोरियाबाट सवा दुई करोडको स्वास्थ्य सामग्री

नेपाली श्रमिकको आकर्षक गन्तव्य मानिँदै आएको दक्षिण कोरियाले नेपाललाई दुई लाख अमेरिकी डलर (करिब दुई करोड २५ लाख रूपैयाँ) बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

आइएमई फाउण्डेसनद्वारा तीन करोडका स्वास्थ्य सामग्री प्रदान

कोभिड १९को कारण मुलुकभर विरामीको उपचारमा कठिनाइ भैरहेको अवस्थामा आइएमई फाउन्डेसनले कोभिडको रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री सरकारलाई प्रदान गरेको छ ।

खानीजन्य सामग्री निकासी गर्ने कार्यक्रम फिर्ता लेऊः नेफेज

नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले सरकारले अध्यादेशमार्फत् ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा खानीजजन्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम मुलुकको हितमा नरहेको जनाएको छ।

थाइल्यान्डका राजाले पठाए नेपाललाई स्वास्थ्य सामग्री

थाइल्यान्डका राजाले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाएका छन् ।

वर्ल्डभिजनबाट २५ लाख बढीको कोभिड स्वास्थ्य सामग्री प्रदान

विश्वव्यापी कोभिड भेरियन्ट महामारीको उपचार तथा रोकथामका लागि वर्ल्डभिजन इन्टरनेशनलले २५ लाख बढीको अक्सिजन सिलिण्डरसहित बिभिन्न स्वास्थ्य सामग्री बुधबार डिसिसिएमसी उदयपुरलाई सहयोग गरेको छ।

लेखा समितिले माग्यो स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवरण

कर्णाली प्रदेशको सार्वजनिक लेखा समितिले कोभिड–१९ काे महामारी रोकथाम तथा नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य संस्थालाई अक्सिजन प्लान्ट तथा अक्सिजनसम्बन्धी अन्य सामाग्री खरिद गर्न विनियोजित बजेटबाट स्वास्थ्य संस्थाहरूले गरेका सामाग्री खरिदसम्बन्धी विवरण माग गरेको छ।

१० महिनामा १ सय ७३ वटा खाद्य सामग्रीको नमुना परीक्षण

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।

गोरखा ब्रुअरीसहित तीन संस्थाबाट १३ टन सामग्री सहयोग

सिंगापुरस्थित तामासेक फाउन्डेसनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्युड २.० पिसिआर कोभिड–१९ जाँच्ने टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो। यसै गरी २०७२ को भूकम्पपछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरूमा सहयोग गरेको थियो।

रसुवा अस्पताललाई १७ प्रकारका स्वास्थ्य सामग्री प्रदान

रसुवा अपांग पुनर्स्थापना केन्द्रले अस्पताललाई १७ प्रकारका सामग्री हस्तान्तरण गरेको हो। केन्द्रका कार्यक्रम अधिकृत दावा लाक्पा तामाङले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट भुवनराज केसीलाई सामग्री हस्तान्तरण गरेका हुन्।

अमेरिका र स्विजरल्यान्डबाट स्वास्थ्य सामग्री आइपुग्यो

नेपाल सरकारले नेपालमा कोरोना संक्रमणले गम्भीर क्षति पुर्‍याउन थालेपछि डेढ साताअघि प्रधामन्त्री अन्तर्राष्ट्रियस्तरमै सहयोगको लागि अपिल गरेका थिए भने परराष्ट्र र स्वास्थ्य मन्त्रालयले आफ्नै स्तरमा विभिन्न निकायसँग पहल गरेका हुन्।

विदेशमा रहेका गोर्खालीद्वारा जिल्लाका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

कामको शिलशिलामा जन्मथलो छाडेर बिदेशमा कर्मथलो बनाएका गोर्खालीहरुले गृह जिल्लामा कोरोना संक्रमण रोकथाम र न्यूनिकरणका लागि स्वास्थ्य सामग्री पठाएका छन् ।

देश–विदेशबाट जुट्दै स्वास्थ्य सामग्री

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्विट्जरल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य सामग्री शनिबार बिहान नौ बजे र अमेरिकाले उपलब्ध गराएका सामग्री दिउँसो एक बजे विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थल आइपुग्ने छन्। स्वास्थ्य सामग्री लिएर उतैका विमान आउने छन्।

ताप्लेजुङमा स्वास्थ्य सामग्री वितरण गर्दै सुआहारा

ताप्लेजुङलाई कार्यक्षेत्र बनाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले कोरोना संक्रमण महामारीविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री पालिकागत रुपमा वितरण गर्न थालेका छन्।

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्