२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

कर्णालीमा ४६ हजार बढीको कोरोना परीक्षण

कर्णालीमा (कोभिड–१९) कोरोना भाइरसको परीक्षणका लागि ४६ हजार ६ सय ४३ जनाको स्वाब परीक्षण गरिएको छ । प्रदेश बाहिरबाट आएका र केही समुदायका व्यक्तिको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको हो ।

राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण

विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । सोमबार बन्द प्रशिक्षणमा सहभागी हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो।

मृतकको दुई प्रकारको कोरोना रिपोर्ट : कोसीमा पोजेटिभ र प्रदेशमा नेगेटिभ

बिहीबार स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल पुगेका विराटनगरका एक व्यक्तिको कोरोना भाइरस कोभिड १९ को रिपोर्ट फरक आएको छ । २४ घण्टाको फरकमा एक व्यक्तिको ‘पोजेटिभ र नेगेटिभ’ रिपोर्ट आएपछि शव व्यवस्थापनमा ठूलो समस्या सिर्जना भएको थियो ।

बालुवाटार, अख्तियार र परराष्ट्रका कर्मचारीको कोभिड–१९ परीक्षण

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीन सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको आज कोभिड–१९ को परीक्षण गर्नका लागि स्वाब संकलन गरेको छ ।

समुदाय स्तरमा कोरोना परीक्षणपछि विद्यालय खोल्ने : मन्त्री बराल

प्रदेश न. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले समुदाय स्तरमा कोरोना परीक्षण गरेपछि मात्रै विद्यालय सञ्चालनको निधो हुने बताएका छन् ।

परीक्षणको दायरा बढाउनेबारे सचिव र प्रमुख विशेषज्ञबीच विवाद

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल र प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलबीच कोरोना भाइरसको प्रयोगशाला परीक्षण (पिसिआर) को दायारा बढाउने विषयमा विवाद भएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा भएको बैठकमा स्वास्थ्य सेवाबाट प्रमुख विशेषज्ञ रहेको डा. पोखरेलले कोरोना भाइरसको संक्रमण र जोखिम अझै रहेको जनाउँदै पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने बताएपनि प्रशासन सेवाबाट स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका अर्यालले भने परीक्षणको दायरा घटाउनुपर्ने धारणा राखेका हुन्।

इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ।

विदेशबाट आउनेलाई पाँच दिनपछि अनिवार्य परीक्षण

विदेशबाट नेपाल आउनेहरूका लागि सरकारले ५ दिनपछि अनिवार्य रूपमा पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको नियमित बैठकले यस्तो निर्णय गरेको हो। यसअघि १४ दिन क्वारेन्टिनमा बसेपछि मात्र परीक्षण गर्ने व्यवस्था थियो।

उपत्यकामा चार हजारमा कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण

काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उदयपुरका ६४ ले कोरोना जिते, हालसम्म ७६ संक्रमितमध्ये १२ उपचाररत

उदयपुरका १४ जना कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन्। चौदण्डीगढी नगरपालिका ६ सातधारेमा नवस्थापित ‘उदयपुर कोभिड–१९ अस्पताल’को आईसोलेसनमा राखेर उपचाररात ३ वर्षीया बालिकासहित १४ जनाले कोरोना जितेर बुधबार डिस्चार्ज भएका हुन्।

कर्मचारी विवादले जनकपुरमा कोरोना परीक्षण स्थगित

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा कोरोना परीक्षण स्थगित भएको छ । प्रयोगशालाका निमित्त प्रमुख राम विनय साह र ल्याबमा कार्यरत अन्य कर्मचारीबीचको आन्तरिक विवादका कारण मंगलवारदेखि प्रयोगशालामा परीक्षण स्थगित भएको हो । प्रयोशालाका निमित्त निर्देशक साहले कर्मचारीहरूको असहयोगका कारण काोरोना परीक्षण बन्द गर्नुपरेको बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय तहबीच बिबाद

कोरोना संक्रमण जोखिम उच्च बन्दै जाँदा समेत कोरोना परीक्षण गर्ने थलो जिल्लामा कतै थिएन ।

गण्डकी प्रदेशमा १६ हजार ४ सय ९६ जनाको कोरोना परीक्षण, १०३१ संक्रमित

गण्डकी प्रदेशमा हालसम्म १ हजार ३१ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये २१४ जना निको भएर घर फर्किसकेका छन् ।

सुदूरपश्चिममा कोरोना परीक्षणको दायरा बढेन

सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि पीसीआर र आरडीटी ‘कीट’ खरिदका लागि १ करोड ३४ लाख ८ हजार रुपैयाँ खर्च गरेको छ।

सुर्खेतमा शुक्रबारदेखि कोरोना परीक्षण बन्द

कर्णाली प्रदेश राजधानी सुर्खेतमा विश्वभरि फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको परीक्षण रोकिएको छ। शुक्रबारदेखि पिसिआर मेसिनमा खराबी आएपछि परीक्षण रोकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्