coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सुदूरपश्चिममा कोरोना परीक्षणको दायरा बढेन

सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि पीसीआर र आरडीटी ‘कीट’ खरिदका लागि  १ करोड ३४ लाख ८ हजार रुपैयाँ खर्च गरेको छ। केही दिनअघि प्रदेश सरकारले कोरोना रोकथाम, उपचार र व्यवस्थापनमा रु ५८ करोड ४८ लाख खर्च गरेको विवरण सार्वजनिक गरेको थियो। प्रदेश सरकारले कोरोनाको परीक्षण दायरा बढाउनका लागि आवश्यक मेसिन तथा परीक्षण कीट खरिदमा भने ठोस पहल र खर्च गरेको देखिँदैन्।

प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार पीसीआर विधिबाट परीक्षणका लागि प्रदेश सरकारले दुई हजार चार सय थान कीट खरिद गरेको छ। टेण्डर प्रक्रिया मार्फत पीसीआरका लागि प्रतिकिट चार हजार ५ सय रुपैयाँका दरले खरिद गरिएको हो। दुई हजार चार सय किटमा एक करोड ८ लाख रुपैयाँ खर्च भएको देखिन्छ। केन्द्रका जनस्वास्थ्य निरीक्षक लक्ष्मीकुमार श्रेष्ठले भने– केन्द्रका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाबाट प्राप्त कीट प्रदेश जनस्वास्थ्य प्रयोगशाला र सोझै यहाँ सञ्चालनमा रहेको प्रयोगशालामा उपलब्ध भएको हो।

त्यसैगरी प्रदेश सरकारले आरडिटि विधिबाट कोरोना परीक्षणका लागि हालसम्म सुदूरपश्चिममा १ लाख ७४९२ थान ‘टेष्ट कीट’ खर्च भएको आपूर्ती व्यवस्थापन केन्द्र धनगढीले जनाएको छ। ती ८० हजार १५० थान केन्द्रबाट उपलब्ध हुनुका साथै प्रदेश सरकारले २४ हजार ७ सय कीट खरिद गरेको हो। आरडिटि कीट खरिदमा अहिलेसम्म रु २६ लाख ३८ हजार खर्च भएको देखिन्छ। उनले भने, आरडिटि टेष्ट कीट प्रति थान ९५० रुपैयाँ परेको छ।

हाल धनगढीको पशुपंक्षी अन्वेषण केन्द्रमा सञ्चालनमा रहेको पीसीआर प्रयोगशालामा दैनिक बढीमा २५० जनाको मात्रै परीक्षण हुने गरेको प्रयोगशालाका प्रमुख रमेश शाहीले बताए। उनले प्रयोगशालामा हाल ५ हजार थान परीक्षणका लागि कीट मौज्दात रहेको जानकारी दिए। यहाँ हालसम्म पीसीआर विधिबाट १८ हजार ८७५ जनाको कोरोना परीक्षण गरिएको छ, भने आरडीटी विधिबाट हालसम्म १ लाख १३ हजार १८४ जनाको परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सुदूरपश्चिममा हालसम्म ४९५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किसकेका छन। त्यसैगरी यहाँ पीसीआर विधिबाट परीक्षणका लागि लिइएको ५ हजार ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

सुदूरपश्चिममा स्थानीय सङक्रमण नफैलिएको दाबी गरिएपनि कोरोना  सङक्रमण पुष्टि भएकाहरुलाई पनि होम क्वारेन्टाइनमा राख्न सङ्क्रमण फैलिने चिन्ता सर्वत्र छ।त्यसैगरी नागरिकस्तरबाट चन्दा संकलन गरी डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पीसीआर मेसिनबाट कोरोना परीक्षणको अन्तिम तयारी भइरहेको छ। कोभिड–१९ को शुरुको चरणमा प्रदेशका स्थानीय तह धनगढी उपमहानगरपालिकालाई रु पाँच लाख, ३३ नगरपालिकालाई चार लाख रुपैयाँ र ५४ गाउँपालिकालाई तीन लाख रुपैयाँका दरले रकम उपलब्ध गराइएकामा दोस्रो चरणमा राहत वितरण गर्न  १५ करोड २६ लाख रुपैयाँ र तेस्रो चरणमा केही दिनअघि मात्र क्वारेन्टिन र आइसोलेशनको व्यवस्थापन गर्नका लागि ६ करोड रुपैयाँ बजेट उपलब्ध गराइए प्रदेश सरकारको भनाई छ।

प्रकाशित: १८ असार २०७७ ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App