१६ वैशाख २०८१ आइतबार
image/svg+xml

आमाको किरिया गर्न आएका बाटैबाट फर्काइए

भगिराज राईले समाजिक सञ्जाल फेसबुकमा मृतक आमाको काजकिरिया गर्न घर जान नपाएको भावुक स्टाटस लेखे । शुक्रबार मृत्यु भएकी आमाको काजकिरिया गर्नका लागि इलामको माई नगरपालीबाट आफ्नो घर पाँचथरको फालेलुङ गाँउपालिका–२ आउन खोज्दा भाउजु, आफन्तहरुसहित आफूलाई राँके बजारबाट फर्काइएको भन्दै पीडा व्यक्त गरेका थिए ।

आमाको किरिया गर्न आएका छोरा बाटैबाट फर्काइए

भगिराज राईले समाजिक सञ्जाल फेसबुकमा मृतक आमाको काजकिरिया गर्न घर जान नपाएको भावुक स्टाटस लेखे। शुक्रबार मृत्यु भएकी आमाको काजकरियिा गर्नका लागि इलामको माई नगरपालीबाट आफ्नो घर पाँचथरको फालेलुङ गाँउपालिका–२ आउन खोज्दा भाउजु, आफन्तहरुसहित आफूलाई राँके बजारबाट फर्काइएको भन्दै पीडा व्यक्त गरेका थिए।

आश्रयस्थलमै आमाको काजकिरिया

कोरोना भाइरसको संक्रमणले गर्दा विश्वव्यापी संकटमा देश लकडाउनमा भएको पनि ३९ दिन विति सक्यो । अत्वाश्यक कामबाहेक नागरिकलाई बाहिर ननिस्किन सरकारले आह्वान गरेको हुनाले नागरिक त्यसको पालनामा सचेत र गम्भीर छन् ।

भारतीय क्वारेन्टाइनमा रहेका किरियापुत्रीको उद्वार

कोरोना नियन्त्रण समिति बैतडीले भारतीय क्वारेन्टाइनमा रहेका किरियापुत्रीलाई उद्वार गरेको छ । लकडाउनका कारण भारतको पिथौरागढमा रहेका पुर्चौडी नगरपालिका–३, न्वादेउका प्रेमसिंह धामी, रामसिंह धामी र अम्मरसिंह धामीलाई उद्वार गरी नेपाल ल्याएको हो ।

घर आउन नपाएपछि भारतीय क्वारेन्टाइनमै किरिया

मजदुरी गर्न भारतको उत्तराखण्ड गएका दार्चुला शैल्यशिखर नगरपालिका– १ का वासुदेव भट्ट लकडाउनका कारण सीमावारि आउन नपाएपछि दुई सातादेखि बलुवाकोटस्थित क्वारेन्टाइनमा छन्। कोरोना जोखिमबाट जोगिन नेपाल र भारत दुवैले लकडाउन गरेका छन्। दुवै देशले सीमाबाट हुने आवातजावत पनि बन्द गरेका छन्। यसै कारण भट्टलगायत नेपाली भारतीय भूमिमै रोकिन बाध्य भएका हुन्।

कोरोना कहर : क्वारेन्टाइन मै ‘काजकिरिया’

काजकिरिया गरिरहेका एक जना सुर्खेतस्थित खुल्ला मञ्चमा बनाईएको क्वारेन्टाइनमा बसेका छन्। दैलेख आठविस नगरपालिका–१ सातला घर भएका देउमले लोहार रोजगारीका लागि भारत गएका थिए। चैत्र ११ गते उनी भारतको हल्द्वानी हुँदा घरमा भाइ पदम विक (लोहार) मृत्यु भयो। भाईको मृत्युपछि उनी भारतबाटै किरियापुत्री बसेर ५ दिनमा सुर्खेत आईपुगे। उनी त्यहाबाट हिड्न नपाउँदै भारत र नेपालमा लक डाउन सुरु भएको थियो।

शव मलेसियामा बेपत्ता, चार वर्षपछि किरिया

आफन्तका अनुसार शव नेपाल फर्काउन धेरै रकम चाहिने र पठाउने जोहो गर्न भन्दै परिवारलाई खबर आएको थियो। कमजोर आर्थिक अवस्था भएकाले परिवारबाट शव निकाल्ने रकम पठाउन सम्भव भएन।

शव मलेसियामै वेपत्ता भएपछि चार वर्षमा काजकिरिया

मलेसियामा मृत्यु भएको चार वर्ष वित्दासमेत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङ भदौरेका दिलबहादुर मुग्रातीको शवको अत्तोपत्तो नभएपछि परिवारले काजकिरिया गरेका छन्।

किरिया गरेको १५ वर्षपछि जीवितै घर फर्के पूर्वलडाकु

काजकिरिया गरिएको १५ वर्षपछि पूर्वलडाकु उमेश विश्वकर्मा यही साउन १९ गते घर फर्केका हुन्। २०६१ सालमा रुकुमको खारामा भएको लडाइँमा सहभागी विश्वकर्मा घर नफर्किएपछि मरेको ठानेर परिवारले किरिया गरेको थियो।

आमाको काजकिरियामा दुई छोरी

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ ढोला घर भइ हाल नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसीमा बस्दै आएका २१ वर्षीया संगीता र १७ वर्षीया सरला दुवाडीले आमाको काजकिरिया गरेका हुन्।

आमाको किरियामा एक्ली छोरी

बरहथवा नगरपालिका–५, निवासी १८ वर्षीया स्वस्तिका सुनार हत्या गरिएकी आफ्नी आमाको किरियापुत्री बसेकी हुन्। सुनारकी आमा ३३ वर्षीया सुनिता विकको गत चैत ७ गते राती सुतिरहेको अवस्थामा खुकुरीले काटेर विभत्स हत्या भएको थियो।

पशुपतिमा किरिया बस्नै सकस

पशुपति क्षेत्र विकास कोषले नियमित सरसफाई र पानीको सुविधा दिन नसक्दा पशुपतिको किरियापुत्री सेवा केन्द्रमा किरिया बस्नेहरुलाई सकस भएको छ। कोष र सेवा केन्द्रले सरसफाई नगर्दा किरिया बस्न गाह्रो भएको किरियापुत्रीको गुनासो छ। किरियामा बस्दै आएका धिराज बानियाँले सरसफाई नहँुदा दुर्गन्धले किरिया बस्न नसकेको जानकारी दिए। ‘जहाँतही फोहोर फालिएको छ। फोहोरले गर्दा शौचालय छिरिनसक्न छ,’ उनले भने, ‘दुर्गन्धले किरिया बस्न सकेका छैनौं। दुर्गन्ध झेलेर बल्लबल्ल ११ दिनसम्म त धानियो।’ उनका अनुसार कोठाहरु पनि साह्रै नै फोहोर छन्। त्यसमाथि बाँदरबाट बच्न पनि कठिन भएको हुँदा बाहिरसमेत ढुक्कले बस्न नसकिएको किरियापुत्रीहरु बताउँछन्।

पन्ध्र वर्षपछि अन्त्येष्टि

पन्ध्र वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ। तत्कालीन नेकपा माओवादीको अपहरणमा परेका डाँगी शान्ति प्रक्रियापछि पनि घर फर्किएनन।

आमाबाबुको मृत्यु : १२ वर्षीय बालक किरियामा

झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्