३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आश्रयस्थलमै आमाको काजकिरिया

आमाको काजकिरिया गर्दै प्रकाश निरौला । तस्बिर : नागरिक

इटहरी- कोरोना भाइरसको संक्रमणले गर्दा विश्वव्यापी संकटमा देश लकडाउनमा भएको पनि ३९ दिन विति सक्यो । अत्वाश्यक कामबाहेक नागरिकलाई बाहिर ननिस्किन सरकारले आह्वान गरेको हुनाले नागरिक त्यसको पालनामा सचेत र गम्भीर छन् ।

इटहरी तथा आसपासका क्षेत्रमा संकटको बेला पनि मागेर जीवन गुजारा वा विभिन्न कारणले अलपत्र परेकालाई इटहरीको जनता स्कुलमा आश्रय दिएर राखिएको छ। यही स्कुलमा आश्रय दिएर राखिएका एकजनाको आमाको निधन भएपछि शनिबारदेखि काजकिरिया सुरु गरिएको छ । निरौलाले चौथो दिनबाट काम सुरु गरेका हुन् ।

भारतको आशाम रौता घर भएका प्रकाश निरौलाको आमाको निधन भएको खवर आएपछि कारज किरिया सुरु गरिएको हो । आफ्नै ब्रम्हण सस्कार अनुसार आफूले काज किरिया गर्न पाउनुपर्ने माग गरेपछि जनता स्कुलमै सुरु गरिएको इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले वताइन् ।  उनका अनुसार काजकिरियाका लागि सवै समाग्री जुटाइएको छ । सेतो कपडा, पकाउने छुट्टै भाडा, सुत्ने–बस्ने अलगै छुटै कोठामा कपाल खौरेर काजकिरिया सुरु गरिएको हो । निरौलाका आफन्त दमकमा भएको जनाएपनि भारतसम्म पुर्‍याउन गाह्रो हुने बताएपनि स्कुलकै आश्रयमा काजकिरिया गर्न थालिएको हो ।

इटहरी उपमहानगरपालिकाले अहिलेसम्म मागेर दैनिक गुजारा टार्दै आएका चार जना सडक बालकसहित २४ जनालाई जनता स्कुलमा आवासीय रुपमा राखेको छ  । यी परिवारलाई सुरक्षा गार्डसहित सम्पूर्ण खाद्यन्न सामग्री उपलब्ध गराएर राखिएको इटहरी उपमहानगरपालिका उपप्रमुख गौतमले बताइन् । उनका अनुसार इटहरी बजार क्षेत्रमा मागेर गुजारा दुई जनाको परिवारैसहित २४ जनालाई राखिएपनि भित्री क्षेत्रमा नगन्य भए तिनीहरुलाई पनि व्यवस्थित गरेर राखिने बताइन् । ‘कोरोनाको त्रास हुन नदिनका लागि मागेर गुजारा टार्नेलाई सवै सुविधा दिएर जनता स्कुलमा राखिएको छ,’ उनले भनिन, ‘अहिलेसम्म चार जना धरानका र अरु इटहरीकै छन् ।’

यस्ता परिवारलाईं दैनिक रुपमा चालम, दाल, तेल, तरकारी, खाना पकाउने दाउरा उपमहानगरपालिकाले उपलब्ध गराउँदै आएको छ । उनका अनुसार, यसरी राखिएकालाई केही दिनअघि थर्मल गनमार्फत ज्वरो नाप्दा त्यस्तो समस्या नभएको पाइएको छ । तर, कोरोनाको संक्रमण हुन सक्ने हुँदा केही दिनभित्रमा उनीहरुको परीक्षण गर्ने योजना रहेको छ।

यसैबीच, भ्वाइस अफ दि चिल्ड्रेन इटहरीमा ३० जना सडक बालक रहेका छन् । यी सडक कोरोनाको संक्रमण फैलिनु अघि नै स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा उद्दार गरि राखिएका हुन् । यी सडक बालकमा अहिलेसम्म कुनै प्रकारको समस्या भने देखिएको छैन ।

परिवारमा उचित वातावरणको अभावका साथै बाबुआमाको माया, स्नेह र उचित रेखदेखको अभावमा साहराविहीन हुने बालबालिकाको संख्या बढीरहेको पाइन्छ । कोरोनाको संक्रमण फैलिनुअघि इटहरी बजार क्षेत्रमा फाटफुट सडक बालबालिका भेटिने गरेपनि अहिलेसम्म नभेटिएको उपप्रमुख गौतमले बताइन् ।


                           

प्रकाशित: २० वैशाख २०७७ १५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App