१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आमाको किरिया गर्न आएका बाटैबाट फर्काइए

पाँचथर- भगिराज राईले समाजिक सञ्जाल फेसबुकमा मृतक आमाको काजकिरिया गर्न घर जान नपाएको भावुक स्टाटस लेखे । शुक्रबार मृत्यु भएकी आमाको काजकिरिया गर्नका लागि इलामको माई नगरपालीबाट आफ्नो घर पाँचथरको फालेलुङ गाँउपालिका–२ आउन खोज्दा भाउजु, आफन्तहरुसहित आफूलाई राँके बजारबाट फर्काइएको भन्दै पीडा व्यक्त गरेका थिए ।

स्थानीय जनप्रतिनिधि तथा अगुवाहरुले आफूहरुलाई फर्काएको उनको भनाई थियो । शुक्रबार राति आमाको काजकिरिया गर्नका लागि झापाबाट इलामको सीमासँग जोडिएको राँकेबाजर आईपुगेर उनीहरु फर्किएको खुल्न आएको छ । राँकेमा स्वास्थ्य जाँच गरेपछि गाँउ जान खोजे पनि दबावका कारण काजकिरिया गर्न घर जान नपाई बाटैबाट फर्किनु परेको राईले सुनाए । गृह मन्त्रालयले जारी गरेको पाससहित आउदा पनि फर्काइएको उनको गुनासो रहेको छ ।

राँकेबाट फर्किएर झापा पुगेका राईले टेलिफोनमा भने ‘वार्डले गाँउ जान अनुमती नदिइएपछि हामीहरु फर्कियौँ । म, भाउजु, सासुआमा तथा नानीहरुसहित नौँ जना थियौँ । गाँउ जाने अनुमती नहुँदा हामी फर्कियौँ ।’

‘पास बनाएर गाडी लिएर आएका थियौँ । हाम्रो मर्म कसैले बुझेन । राति भईसकेको थियो, वियोगको पीडा थियो । प्रहरीले ठूलो सहयोग गरेका थिए । वार्ड जाने अनुमती नपाउने भनेपछि फर्कियौ’ उनले भने ‘आमाको काजकिरिया गरेर फर्किन्छौँ वा क्वारेन्टाइनमा बसुला भन्दा पनि भएन । हाम्रो कारणले समाजमा त्रास हुने भयो रे । आमाको करिया गर्न आउदा हामीसँगनै समाज त्रसिने कुरा आएपछि फर्किन बाध्य भयौँ ।’

वियोगको पीडा, गाडीमा विरामी हुँदा थप समन्वय गर्न नसकेको उनले सुनाए । उनकी आमा ६५ वर्षिय रामबुङ राईको निधन भएको थियो । राई संस्कार अनुसार उनको मृत्यु संस्कारका लागि छोरा, बुहारी, नातीनि तथा आफन्तहरु झापाबाट आएका थिए । मृतक राईका तीन छोरा मध्ये दुई जना वैदेशिक रोजगारीमा छन् । कान्छा छोरा भगिराजले पनि गाँउमा करिया गर्न आउन नपाएका हुन । एक जना छोरी पनि काठमाडौँ भएकाले आउन पाईनन् । मृतकका देवरले काजकिरिया सुरु गरीरहेका छन् ।

यता, वडाध्यक्ष तिलबहादुर खत्रिले भने आफूहरुले नफर्काएको दाबि गरे । राँकेसम्म आईसकेकाहरु किन फर्किए त भन्ने प्रश्नमा वडाध्यक्ष खत्रिले भने ‘सँगै आईएका अरु मान्छेलाई क्वारेन्टाइनमा राख्ने वा तेहि गाडीमा फर्काउने भन्ने सल्लाह थियो । कुन कुन साथीहरुले सुनाईदिएछ, अनि फर्किएछन् ।’

प्रकाशित: २७ वैशाख २०७७ १४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App