३० वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

आमाको किरिया गर्न आएका छोरा बाटैबाट फर्काइए

पाँचथर – भगिराज राईले समाजिक सञ्जाल फेसबुकमा मृतक आमाको काजकिरिया गर्न घर जान नपाएको भावुक स्टाटस लेखे। शुक्रबार मृत्यु भएकी आमाको काजकरियिा गर्नका लागि इलामको माई नगरपालीबाट आफ्नो घर पाँचथरको फालेलुङ गाँउपालिका–२ आउन खोज्दा भाउजु, आफन्तहरुसहित आफूलाई राँके बजारबाट फर्काइएको भन्दै पीडा व्यक्त गरेका थिए। 

स्थानीय जनप्रतिनीधि तथा अगुवाहरुले आफूहरुलाई फर्काएको उनको भनाई थियो। शुक्रबार राती आमाको काजकरिया गर्नका लागि झापाबाट इलामको सिमासँग जोडिएको राँकेबाजर आईपुगेर उनीहरु फर्किएको खुल्न आएको छ।
राँकेमा स्वास्थ्य जाँच गरेपछि गाँउ जान खोजेपनि दबावका कारण काजकिरिया गर्न घर जान नपाई बाटैबाट फर्किनु परेको राईले सुनाए। गृहमन्त्रालयले जारी गरेको पाससहित आउदा पनि फर्काइएको उनको गुनाँसो रहेको छ।

‘राँकेबाट फर्किएर झापा पुगेका राईले टेलिफोनमा भने ‘वार्डले गाँउ जान अनुमती नदिइएपछि हामीहरु फर्कियौँ। म, भाउजु, सासुआमा तथा नानीहरु सहित नौँ जना थियौँ । गाँउ जाने अनुमती नहुँदा हामी फर्कियौँ ।’ ‘पास बनाएर गाडी लिएर आएका थियौँ। हाम्रो र्मम कसैले बुझेन । राती भईसकेको थियो, वियोगको पीडा थियो। प्रहरीले ठुलो सहयोग गरेका थिए।  आफ्नो वडामा जाने अनुमती नपाउने भनेपछि फर्कियाँै’ उनले भने ‘आमाको काजकरियिा गरेर फर्किन्छौँ वा क्वारेन्टाईनमा बसुला भन्दा पनि भएन । हाम्रो कारणले समाजमा त्रास हुने भयो रे। आमाको करियिा गर्न आउदा हामीसंग नै समाज त्रसिने कुरा आएपछि फर्किन बाध्य भयौँ।’

वियोगको पीडा, गाडीमा विरामीहुँदा थप समन्वय गर्न नसकेको उनले सुनाए। उनकी आमा ६५ वर्षीय रामबुङ राईको निधन भएको थियो। राई संस्कार अनुसार उनको मृत्यु संस्कारका लागि छोरा, बुहारी, नातीनि तथा आफन्तहरु झापाबाट आएका थिए। मृतक राईका तीन छोरा मध्ये दुई जना वैदेशीक रोजगारीमा छन्। कान्छा छोरा भगिराजले पनि गाँउमा करियिा गर्न आउन नपाएका हुन। एकजना छोरीपनि काठमाडौं भएकाले आउन पाईनन्।  मृतकका देवरले काजकिरिया सुरु गरीरहेका छन्। 

यता, वडा अध्यक्ष तिलबहादुर खत्रिले भने आफूहरुले नफर्काएको दाबि गरे। राँकेसम्म आईसकेकाहरु किन फर्किए त भन्ने प्रश्नमा वाड अध्यक्ष खत्रीले भने ‘सँगै आईएका अरु मान्छेलाई क्वारेन्टाईनमा राख्ने वा त्यहि  गाडीमा फर्काउने भन्ने सल्लाह थियो। कुन कुन साथीहरुले  सुनाईदिए पछि फर्किएछन्।’

 

प्रकाशित: २७ वैशाख २०७७ १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App