२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

छोरीभर्सेज बुहारी पत्रकार

गत महिना सञ्चारिका समूहले प्रदान गर्ने उमासिं पत्रकारिता पुरस्कार ग्रहण गरेपछि पत्रकार गीता कुँवरले अछाममापत्रकार महिलाका लागि आधारभूत तालिम सञ्चालन गरेको र तालिमपछि धेरै छोरी र बुहारी रेडियोमा राम्रो कार्यक्रम चलाइरहेको बताइन्।

पूर्व डिएसपी खड्का पक्राउ

सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत बुहारीलाई आपत्तिजनक अपशब्द प्रयोग गरेको अभियोगमा नेपाल प्रहरीका पूर्व डिएसपी कृष्णकुमार खड्का पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखामा परेको उजुरीको आधारमा उनलाई पक्राउ गरी स्वाथ्य उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ।

सासूको मुख हेर्ने कहिले?

हामी परम्परासँग यसरी जोडिएका छौँ कि पुरानो चालचलन, रीतिरिवाज छाड्नै सक्दैनौँ। त्यसैले समाजका सनातनी विषयलाई मज्जाले अंगाल्नु हाम्रो नियति नै भइसकेको छ। स्वाभाविक पनि हो कि हाम्रो विचार, हाम्रो कार्यविधि, क्रियाकलाप अनि हामी जेमा अभ्यस्त छौँ, त्यसैलाई अपनाउनु सजिलो पनि हुन्छ।

‘छोराको काल बनेर बुहारी भित्रिएकी रहिछिन्’

संगै बाच्ने, संगै मर्ने बाचासहित विवाह बन्धनमा बाधिएका जोडीका लागि सुरुका दिन र महिना छुट्टै रमाइला हुन्छन्। भारतको चेन्नईमा होटलमा मजदुरी गर्ने कञ्चनपुर पुनर्वास २ बस्ने २५ बर्षीय तेज बहादुर बिष्टका लागि यिनै रमाइला दिन कालमा परिणत भएका छन्।

ससुरासँग झगडा गरेर बुहारीले जलाइन आफ्नै घर

ससुरासँगको आपसी झगडापछि खोटाङमा एक महिलाले आफ्नै घर जलाएकी छन्। खोटेहाङ गाउँपालिका–७ की आस्मा तामाङले ससुरा प्रेमबहादुर तामाङसँगको आपसी झगडापछि मंगलबार राति घर जलाएकी हुन्।

नागरिकता नहुँदा मधेसका बुहारी समस्यामा

जानकी गाउँपालिका ६ प्रिपहवाकी ४५ वर्षीय हसरतजहाँ दर्जीले विवाह गरेको २५ वर्ष भयो । उनका १९ र १६ वर्षीय दुई छोरी र १४ तथा ११ वर्षका दुई छोरा छन्।

बुहारीको प्रस्ताव

बुहारीले ससुरालाई प्रस्ताव राख्छिन्, ‘हजुरले आफ्नो पुत्रलाई शुक्रविहीन पार्नुभयो, अब उनीसँग सम्बन्धित सबै कर्म हजुर नै स्वीकार गर्नुस् ।’काठमाडौं, शिल्पी थियटरमा मञ्चन भइरहेको नाटक ययातिको संवाद हो यो । नाटकका प्रधानपात्र ययातिले दानवगुरु शुक्राचार्यबाट श्राप पाउँछन्, घाम नडुब्दै वृद्ध हुनुपर्ने।

ढिस्कोले पुरिएर सासु, बुहारीको मृत्यु

संखुवासभाको मादी नगरपालिका ४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर २ जनाको ज्यान गएको छ । आइतबार बेलुका ४ बजे घर पोत्ने रातोमाटो खन्ने क्रममा ढिस्कोले पुरिएर सासु, बुहारीको ज्यान गएको हो।

'छोरी–बुहारीलाई महिनावारीमा लाज मान्न महिलाले नै सिकाए'

अक्षयकुमारको फिल्म ‘प्याडम्यान’की अभिनेत्री राधिका आप्टेले छोरी बुहारीलाई महिनावारी बार्ने र लजाउनुपर्ने अवस्थाको सिर्जना महिलाले नै गरेको बताएकी छन्।

बुहारी पत्रकारिता

योग्यता, क्षमता, दक्षता, इमानदारी, जिम्मेवारी र जवाफदेहीका दृष्टिकोणले महिलाहरू पुरुषभन्दा हजारौँ गुणा अगाडि भए पनि परम्परागत सामाजिक संस्कार, राजनीतिक मान्यता र औपचारिक कानुनी प्रावधानहरूले गर्दा समाजमा महिलाहरूको भूमिकालाई पुरुष र पितृसत्तात्मक सोचले नियन्त्रण गरेको छ । पितृसत्तात्मक सोचले नियन्त्रण गरेका कारण नै हाम्रो समाजका अलिखित कानुनका रूपमा रहेका सामाजिक मूल्य, मान्यता, परम्परा, संस्कारहरू अत्यन्तै विभेदपूर्ण, अन्यायी र अत्याचारी छन् । देशको औपचारिक कानुन (संवैधानिक एवं कानुनी अधिकारहरू) तुलनात्मक रूपमा समावेशी र समतामूलक भए पनि कार्यान्वयनको अभावमा सकारात्मक परिणाम दिन सकेका छैनन् भने कतिपय

प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवकी बुहारी प्रमिलाकुमारी यादव अन्ततः नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा निर्वाचित हुन सफल भएकी छिन् ।

करेन्ट लागेर सासू–बुहारीको मृत्यु

वीरगञ्ज महानगरपालिकाको लक्ष्मणवामा आज बिहान करेन्ट लागेर सासू र बुहारीको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा निवासी ६० वर्षीया कान्ती देवी र उनकी बुहारी ४८ वर्षीया जागो देवी सोनारको करेन्ट लागेर मृत्यु भएको हो।

देवनारायण छुटाउन बुहारी ज्योति पुगिन् वीरपुर अदालत

अपहरण तथा शरीर बन्धक मुद्दा अनुसन्धानका क्रममा भारतीय प्रहरीले पक्राउ गरेका सीमारक्षा आन्दोलनका अभियन्ता सप्तरी कोइलाडी तिलाठी–२ तिलाठी टोलका देवनारायण यादव र उनका छोरा अजयको वीरपुर अदालतमा बुधबार थुनछेक बहस सुरु भएको छ ।

‘छोरी नभई बुहारी कहाँबाट ल्याउने ?’

नेपालको प्रतिष्ठित मारवाडी घरानाको बाक्लो बसोबास भएको सहर विराटनगर हो । यहाँको सहरी क्षेत्रमा मात्रै सात हजार बढी मारवाडी समुदायको बसोबास छ । निजी क्षेत्रमा आफ्नो दबादबा कायम राखेको यस समुदाय भने विगत केही वर्षयता छोरीको समस्याले पिरोलिएको छ ।छोरीको संख्या कम हुँदा बुहारी नै पाइन छाडेपछि विराटनगरका मारवाडी महिलाले ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ अभियान नै थालेको छ । मारवाडी समुदायको माहेश्वरीमा छोराभन्दा छोरीको संख्या निकै कम छ । २०५८ र २०६८ को जनगणनामा पनि यो समुदायमा छोरीको संख्या घट्दो क्रममा रहेको देखिन्छ ।

छोरी हैन, कुशल बुहारी

सिन्धुपाल्चोककी पार्वती (नाम परिवर्तन) दुई छोरीकी आमा हुन् । पहिलो छोरी जन्मेलगत्तै उनलाई छोरा पाउन सासु ससुरा, आफन्त र श्रीमानकै पनि निकै दबाब बढ्यो । अर्को प्रयत्नमा पनि छोरी जन्मिएपछि छोराका लागि सौता हाल्ने कुरा चल्न थाल्यो । त्यसपछि छोरी पढाउने दायित्व सम्झेर उनी काठमाडौँ आइन् । उनलाई श्रीमान्ले फोन गर्दै फकाउन थाले । एक वर्षअघि जेठमा श्रीमान्ले फोनमा फकाए, ‘हेर.. यो पाला त हुन्छ, मैले देउता भाकेको छु, घर फर्केर आइज नत्र मेरो अर्को बिहे गर्दिन्छन् ।’ पार्वतीले जवाफ दिइन्, ‘दुइटा छोरी पढाउन कमाउन पनि त पर्यो, अर्को जन्माउदा फेरि छोरी नै भयो भने के गर्ने ? म सक्दिनँ अब ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्