अवसरको भण्डारमा स्थानीय सरकार
संघीय संरचानापश्चात दोस्रो कार्यकालका लागि ७५३ मध्ये बाजुराको बूढीगंगा नपाबाहेक सबै स्थानीय तहले सरकार पाइसकेका छन्।
संघीय संरचानापश्चात दोस्रो कार्यकालका लागि ७५३ मध्ये बाजुराको बूढीगंगा नपाबाहेक सबै स्थानीय तहले सरकार पाइसकेका छन्।
बाह्रै महिना पानीले ढाकेको वा ओसिलो दलदल भएको क्षेत्रलाई सीमसार क्षेत्र भनिन्छ । यो क्षेत्र पानीले ढाकेको वा रसिलो घाँसे मैदान वा दलदल क्षेत्रको रूपमा रहेको हुन्छ । यो स्थलीय र जलीय क्षेत्रको संगमस्थल हो जुन धर्तीकै सबै भन्दा महत्वपूर्ण पारिस्थितिकीय प्रणाली हो ।
कोभिड–२०१९ का कारण संसार आक्रान्त छ। गत डिसेम्बरबाट सुरु भएको यो भाइरसले ७० हजारभन्दा बढीको ज्यान लिइसकेकोछ भने करिव १० लाखभन्दा बढीलाई संक्रमित तुल्याएको छ।
नयाँ संविधानले तीन तहका सरकार व्यवस्था गरेको छ। सकारात्मक सोचका साथ हेर्ने हो भने यी तीनै तहका सरकार जनता र देश विकासप्रति समर्पित छन्। यदि विकासलाई सही तरिकाले परिभाषा गरी तदनुरूप जिम्मेवारी बाँडफाँड गरिएको भए विगतको तुलनामा त्यत्ति नै समयमा ३ गुणा बढी विकास भइसकेको हुन्थ्यो। परम्परागत प्रचलनमा विकासका लागि पैसा, जनशक्ति र पदार्थको मात्रै कुरा गरिन्थ्यो। तर २१औँ शताब्दीमा विकाससँग यसका साथै उत्प्रेरणा पनि जोडिएर आउँछ। हामीले नयाँ संरचनाको अभ्यास गरेको पनि दुई वर्ष भइसकेको छ, तर उक्त अवधिको मूल्यांकन गर्दा संघीय योजना आयोग, प्रादेशिक योजना आयोग र अधिकांश स्थानीय तहका विकास मोडल परमपरागत शैलीकै छ। जसका कारण हाम्रा विकास गतिविधिले परिवर्तनको अनुभूति गराउन सकेका छैनन् भने समाज यथास्थितिमै रुमलिएको छ।
केन्द्रका समाचारहरू निकै निराशाजनक छन्। स्थानीय तहका समाचारहरू राजधानीसम्म आइपुगेका छैनन्। सहरबाट हेर्दा असन्तुष्टि, कुशासन, भ्रष्टाचार र बेइमानीको पराकष्ठा छ। के सरकार, के निजी क्षेत्र कतै पनि इमानदारी र भरोसायोग्य अवस्था छैन। विकास र प्रगति ठप्प छ।
हाम्रो गाउँमा एकजना पञ्च खाइलाग्दा थिए । उनी घरमा ठूला पञ्च एवम भान्जा, ज्वाइँहरू पाहुना आउँदा भरुवा बन्दुक बोकेर कालिजको सिकार गर्न जान्थे । भोलिपल्ट गाउँकै चिया पसलमा उधारो चिया खाँदै दिनभर सिकार खेल्दाको कथा बढो रोचक तरिकाले सुनाउँथे । एक दिन बेलुका पाहुनाको सत्कार गर्न उनी भान्जा र ज्वाइँसहितपालेको वनमा सिकार गर्न गएछन्।
वर्तमान सरकार विगतका अल्पमत र कमजोर गठबन्धनको जगमा बनेकोजस्तोकमजोर कम्युनिस्ट गठबन्धन सरकार होइन । यो इतिहासकै सर्वशक्तिमान, स्रोत र साधनले भरिपूर्ण सरकार हो । यस सरकारलाई भोट हाल्ने र नहाल्ने दुवै खाले मतदाताहरूले सरकारसँग उच्च आकांक्षा राख्नु स्वाभाविकै हो । सरकारका सबै सही कार्यहरूलार्ई निसर्त सहयोग र समर्थन गर्छन् भन्ने कुरा सिन्डिकेट उन्मूलनमा जनताले गरेको भरोसाबाट प्रमाणित हुन्छ ।
योग्यता, क्षमता, दक्षता, इमानदारी, जिम्मेवारी र जवाफदेहीका दृष्टिकोणले महिलाहरू पुरुषभन्दा हजारौँ गुणा अगाडि भए पनि परम्परागत सामाजिक संस्कार, राजनीतिक मान्यता र औपचारिक कानुनी प्रावधानहरूले गर्दा समाजमा महिलाहरूको भूमिकालाई पुरुष र पितृसत्तात्मक सोचले नियन्त्रण गरेको छ । पितृसत्तात्मक सोचले नियन्त्रण गरेका कारण नै हाम्रो समाजका अलिखित कानुनका रूपमा रहेका सामाजिक मूल्य, मान्यता, परम्परा, संस्कारहरू अत्यन्तै विभेदपूर्ण, अन्यायी र अत्याचारी छन् । देशको औपचारिक कानुन (संवैधानिक एवं कानुनी अधिकारहरू) तुलनात्मक रूपमा समावेशी र समतामूलक भए पनि कार्यान्वयनको अभावमा सकारात्मक परिणाम दिन सकेका छैनन् भने कतिपय
सम्माननीय केपी शर्मा ओलीज्यू, अभिवादन ! सर्वप्रथम अत्यधिक जनमत प्राप्त गरी प्रतिनिधि सभाका लागि निर्वाचित हुनु भएकामा हार्दिक बधाइ । सदियौँदेखि अन्याय, अत्याचार, उत्पीडन एवं गरिबीबाट थलिएको नेपाली समाजलाई उन्मुक्तिको आशा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा समाजवाद निर्माण गर्ने बहुमतप्राप्त शक्तिशाली प्रधानमन्त्रीका रूपमा चाँडै नै तपाईंलाई देशले प्राप्त गर्ने सुनिश्चित छ ।
बहुदलीय शासन प्रणाली भएको राज्यव्यवस्थामा सकारात्मक रूपान्तरणको आधार भनेको स्थिर, शक्तिशाली र प्रतिबद्ध सरकार हो । मिलिजुली सरकार यो देशका लागि अभिशाप हो भने त्यो भन्दा पनि ठूलो अभिशाप मिलिजुली सरकार बनाउने गरी भोट हाल्ने हामी मतदाता हौं।
लोकतन्त्रमा जनता सबैभन्दा निर्णायक शक्ति हुन्छन् भनिन्छ तर असंगठित जनताहरू सधैँ संगठित शक्तिशाली निकायबाट शासित भएर निरीह भइरहेका हुन्छन् । असंगठित जनता जहिले पनि अल्पमतमा रहिरहन्छन् र संगठित अल्पमतले असंगठित बहुमतलाई शासन गरिरहेको हुन्छ । त्यसकारण लोकतन्त्रमा संगठन नै शक्ति हो । कुनै पनि राज्यमा शासक र शासित वर्ग हुन्छ । शासक र शासितबीचको दूरी चेतनाको स्तरले निर्धारण गर्छ । अत्यधिक चेतनशील शासित वर्ग भएको ठाउँमा शासक वर्गले न्यूनतम र कानुनी तवरमा शासन गर्छन् र जनताले प्रत्यक्ष सहभागितामा आवधिक निर्वाचनको माध्यमले शासकहरूको छनौट गर्छन् । त्यस्तो ठाउँमा सुशासन जनताको नैसर्गिक अधिकारका रूपमा स्थापित भएको हुन्छ । आधुनिक विकसित देशहरू त्यस्तै शासन व्यवस्थाका परिणाम हुन् ।
मध्यरातमा लोकतन्त्रलाई दरबारमा बुझाउनेदेखि प्रतिगमन आधा सच्चियो भन्नु, कर्मचारी नियुक्ति गर्ने सरकारको अधिकारमा प्रश्नचिन्ह उठाउनु, हचुवामा महाभियोग लगाउनु, नेपालको लोकतन्त्रमा भएका यस्ता शृंखलाबद्ध आक्रमणमा न कुनै विदेशी शक्तिको हात थियो/छ, न कुनै अदृश्य शक्तिको। यो त लोकतान्त्रिक मूल्य र मान्यतालाई नबुझेका र बुुझेर पनि आत्मसात् नगरेका नेताहरूकै कारण भएको हो।
१५ वर्षदेखि प्रतीक्षा गरिएको स्थानीय तहको निर्वाचन यही वैशाख ३१ र जेठ ३१ मा पूरा हुँदैछ। राजनीतिक रुपमा यो सकारात्मक रुपान्तरणको उदाहरण हो। सँगसँगै देशको राजनीति प्रणाली पनि केन्द्र, प्रदेश र स्थानीय तहमा पुनः संरचित भएको छ।
नयाँ संविधान र कानुनले सृजना गरेका नयाँ संरचना र ती संरचनासँग जनताका सम्बन्धलाई समयमै सुसूचित गराउन सरकारले समन्वयात्मक रूपमा सामुदायिक रेडियोका सम्भावनालाई सदुपयोग गर्न सकेमा नेपाली समाज सकारात्मक रूपान्तरणको मार्गमा अगाडि बढ्नेछ।
जबसम्म सामाजिक मुद्दा राजनीतिक पार्टीका मूल एजेन्डा बन्दैनन् तबसम्म समाज रूपान्तरण हुन सक्दैन।