२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

छोरी फाल्दा बुहारी संकट !

कीर्तिपुर नगरपालिका काठमाडौँ उपत्यकाको पुरानो नगर हो । त्यहाँ ६ दसकदेखि त्रिभुवन विश्वविद्यालय बसेको छ । मुलुकभरबाट ठूलो संख्यामा विद्यार्थीहरू त्यहाँ अध्ययन गर्न आउँछन् । कतिपय त्यतै बसोबास गर्ने गर्छन् । प्राध्यापन गर्नेहरूको बाक्लो बसोबास पनि त्यहीँ छ । त्यसैले हुनसक्छ, त्यहाँ बसोबास गर्ने नागरिकहरूमा पुरुषहरूको संख्या अधिक छ । अर्थात् नगरपालिकाको जनसंख्यामा १०० जना महिलाको दाँजोमा १२५ भन्दा बढी पुरुष छन् । यसबाट अनुमान गर्न सकिन्छ अध्ययन गर्न आउने र कीर्तिपुरमा बसोबास गर्नेहरूमा छोराहरू धेरै छन् । यो भयो नगरको समग्र जनसंख्याको अवस्था जहाँ २०६८ को जनगणनाअनुसार ३६ हजार ४ सय ७६ पुरुष र २९ हजार १२६ महिला छन् ।

सासू–बुहारीको चिया पसल

बर्दिया, बबइकी सरु पाण्डे विवाह हुँदा १७ वर्षकी थिइन् । विवाहपछि उनको नामपछाडि क्षेत्री झुण्डियो । उनी नेपालगन्ज, धम्बोझीस्थित क्षेत्री परिवारकी बुहारी बनिन् । तर, उनको जिन्दगीका पछिल्ला १७ वर्ष विवाहपूर्वका वर्षभन्दा भिन्न रहेनन् । ‘सासूआमाको व्यवहारले मलाई यो घरमा कहिल्यै पनि बुहारी हुँजस्तो लागेन,’ उनी भन्छिन्, ‘यहाँ पनि छोरीको जस्तै माया पाएकी छु ।’

बुहारीले सम्हालेको ‘बाजेको मसला’

सेकुवा पारखीमाझ ‘बाजेको सेकुवा’ बारे थप चर्चा गरिरहनुपर्दैन । झापाका दीनानाथ भण्डारीले काठमाडौँमा सुरु गरेको ‘बाजेको सेकुवा कर्नर’ अहिले राजधानीमा १० र राजधानीबाहिर चितवन र पोखरमा दुई गरी १२ वटा आउटलेटमा विस्तार भइसकेका छन् । छिट्टै बुटवलमा पनि बाजेको सेकुवाको नयाँ आउटलेट खुल्दैछ । सेकुवाको ‘ब्रान्ड’का रूपमा स्थापित भएको बाजेको सेकुवाले ‘बाजेको मसला’लाई पनि नयाँ ब्रान्डका रूपमा विस्तार गरिरहेको छ ।

सासु ससुराद्वारा गाउँका ९ असल बुहारी सम्मानित

जिल्लाको बगनाकाली गाउँपालिका–८, का सासू ससूराहरुले असल बुहारी सम्मान गरेका छन्। बराङ्दीका सासूससूराले साविस गाविसको बजेटबाट नौ असल बुहारी सम्मान गरेका हुन्।

'मधेसी मोर्चाबाट हाम्रा छोरी–बुहारीलाई किन यस्तो?'

एमाले सांसद सत्यनारायण मण्डलले सोमबार संसदमा बोल्दै मधेसी मोर्चाका कारण छोरी-बुहारी असुरक्षित भएको आरोप लगाएका छन्। आइतबार समाजवादी फोरमका जिल्ला अध्यक्ष दिनेश यादबको नेतृत्वमा गएको हुलले सप्तरीस्थित घरभित्र प्रवेश गरी आफ्नी श्रीमती तथा बुहारीलाई लछारपछार गरेको विवरण उल्लेख गर्दै उनले भने, 'सभ्य समाजका लागि यस्तो हर्कत सुहाउने कुरा होइन।'

गोली प्रहार गरी सासु बुहारीको हत्या

मोरङ कटहरी १ आदर्श टोलमा अज्ञात समूहरुले गोली प्रहार गरी सासु बुहारीको हत्या गरेको छ। उनीहरुको निधारमा गोली हानीएको प्रहरीले बताएको छ।

'मधेसवादी दल विदेशी बुहारीको पक्षमा'

मेरी आमासँग वंशजको नागरिकता छ। बुबा भारतीय हुनुहुन्थ्यो, अहिले मृत्यु भइसकेको छ। मेरो नागरिकता छैन। म अंगीकृत कि वंशज ? विवाह गरेर आउने विदेशी बुहारी तुरुन्तै नेपाली हुने! म किन नेपाली नहुने ? भान्जाभान्जीबाट देशलाई खतरा हुन्छ भन्छन्।

बञ्चरोले हानेर आमाको हत्या, गाडेको ठाउँमा पिपल रोप्ने छोरा–बुहारी

‘पहिलो प्रहारले छट्पटाएपछि अर्को प्रहार घाँटीमा गरें,’ बुद्धिबहादुरले प्रहरीमा भने ‘आमा चल्बलाउन छाडेपछि दुबैजना मिलेर घसार्दै नजिकैको मकैबारीमा लगेर गाड्यौं।’ उनीहरुका अनुसार गाड्नका लागि एक दिन अघि नै खाल्डो खनेर ठिक्क थियो। खाल्डो खनेकोमा शंका नहोस् भनेर उनीहरुले खनेको जमिनमाथि पिपलको बिरूवा पनि रोपे।

छोरा बुहारी भेट्न अमेरिका जाँदा भएको दुर्घटनामा चार जनाको मृत्यु

अमेरिकामा रहेका छोराबुहारी भेट्न जाँदा भएको कार दुर्घटनामा परी गुल्मी पिपलधारा–७ कटौंजेका तीनसहित चारजनाको ज्यान गएको छ। गत शुक्रबार राति ९ बजे (स्थानीय समय अनुसार) अमेरिकाको जर्जिया राज्यको एटलान्टामा कार दुर्घटना भएको थियो। दुर्घटनामा परेर कटौजेका चिरञ्जिवी खनाल, उनकी श्रीमती श्यामामञ्जरी खनाल, बुहारी ऋचा खनाल र अर्की एक युवती प्रतिमा सुवेदीको ज्यान गएको हो। प्रतिमा चिरञ्जिवीका छोरा समिरकी साथी हुन् ।

जेठाजुले बन्चरो हानेर बुहारीको ज्यान लिए

कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३५ वर्षीया तुलसी भट्टलाई उहाँकी जेठाजु ईश्वरी भट्टले बन्चरो प्रहार गरी हत्या गरेका छन् । आइतबार बिहान करिब ४ बजे ईश्वरीले भाइबुहारी तुलसीलाई गाईगोठमा बन्चरो प्रहार गरी हत्यापश्चात् फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

ससुराले बुहारीको टाउकोमा मसला पिस्ने लोहोरो बर्साएपछि...

आफ्नै ससुराले मसला पिस्ने लोहोरोले टाउकोमा हान्दा पाताभार–८ बस्ने ४१ बर्षीया मनसरा ढकालको मृत्यु भएको छ।

आमाको हत्या गरेको अभियोगमा छोराबुहारी पक्राउ

जाजरकोट-आफ्नै आमालाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सक्ला–१ लैकम बस्ने ३८ वर्षिय बुद्धिबहादुर खत्री र उनकी श्रीमती ३५ वर्षीया शर्मीला वली खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

बुहारी हत्या आरोपमा सासु पक्राउ

कोहलपुर-बुहारी हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय कोहलपुरले चिसापानी १ की रामदेवी सार्कीलाई नियन्त्रणमा लिएको छ। बुहारी सिता सार्की (२२) लाई हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

छोराबुहारीको रुचि शिक्षा विषयमा

काठमाडौं-बाग्लुङकी विष्णु महतले शिक्षाशास्त्र संकायमा स्नातकोत्तरको अन्तिम परीक्षा दिएकी छन्। ताहचलस्थित महेन्द्ररत्न क्याम्पसकी विद्यार्थी उनी आगामी पुसमा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित हुँदैछिन्।

सासू–बुहारीबीच झगडा, सासूको मृत्यु

लहान– सिरहाको कल्याणपुर–२ बंठीयामा गएराति सासू र बुहारीबीच झगडापश्चात् सासुको मृत्यु भएको छ। मृत्यु हुनेमा कल्याणपुर–२ बंठीया निवासी समुन्द्रीदेवी दनुवार रहेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्