२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सासु ससुराद्वारा गाउँका ९ असल बुहारी सम्मानित

बगनासकाली ८, पाल्पा बराङ्दीका यज्ञप्रसाद घिमिरे बुहारी कुविजादेवी घिमिरेलाई सम्मान गर्दै । तस्वीरः नागरिक

पाल्पा—जिल्लाको बगनाकाली गाउँपालिका–८, का सासू ससूराहरुले असल बुहारी सम्मान गरेका छन्। बराङ्दीका सासूससूराले साविस गाविसको बजेटबाट नौ असल बुहारी सम्मान गरेका हुन्।

‘हामीले मापदण्ड बनाएका छौं। घरमा आमाबुबाको राम्रो हेरचाह गर्ने, सबैको प्रिय, सासू सूरासँगै बस्ने, सेवाभाव, गाउँबासीको सम्मान गर्ने लगायतका मापदण्ड छन्। बुहारी सम्मानले गाउँका महिलामा सम्मान गर्ने बानीको विकास गराउँछ’, उनी भन्छन्।

बराङ्दी साविक ७ नं. वडाका यज्ञप्रसाद घिमिरेले आफ्नै बुहारी कुविजादेवी घिमिरेलाई सम्मान गर्न पाउँदा खुसी छाएको बताए। उनले आमाबुबाको हेरचाह गर्ने, गाउँमा छरछिमेकीलाई परेको समयमा सहयोग गर्ने गरेकै कारण गाविसले सहयोग गरेको बताए। सामाजिक परिचालक दयाराज न्यौपानेले सर्वदलिय संयन्त्रले निर्णय गरेर नेपालमै पहिलो पटक बुहारी सम्मान गरिएको बताए।

‘हामीले मापदण्ड बनाएका छौं। घरमा आमाबुबाको राम्रो हेरचाह गर्ने, सबैको प्रिय, सासू सूरासँगै बस्ने, सेवाभाव, गाउँबासीको सम्मान गर्ने लगायतका मापदण्ड बनाएका छौं। अहिले बुहारी सम्मानले गाउँका महिलामा सम्मान गर्ने बानीको विकास गराउँछ’, उनी भन्छन्।

बराङ्दी साविक प्रत्येक वडाबाट वडा नागरिक मञ्चले छनौट गरेका बुहारी सम्मान गरिएको हो। वडा सचिव नारायणप्रसाद आचार्य बुहारीलाई सम्मान दिँदा गाउँमा सासूससूराबीच सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्छन्।

सम्मानित बुहारी समित्रा बस्यालले माईती र घरका बुबाआमा भनेर फरक व्यवहार कतिपय बुहारीमा रहे तापनि बराङ्दीमा भने यस्तो नरहेको बताइन्। भनिन्, ‘सासूआमाबुबासँग बस्दा उहाँहरुको अनुभवबाट काम गर्ने जाँगरमा उत्साह थपिन्छ। बुबाआमाले सबैको भलो चाहने भएकोले जेष्ठ नागरिकहरुको सम्मान गर्नुपर्छ। उनीहरु मार्गदर्शक हुन्’, उनले भनिन्।

नौ जना बुहारीहरुलाई नगद, पाल्पाली ढाका र सम्मान पत्रले सम्मान गरिएको हो। सोही अवसरमा बगनाशकाली ८ का दश जना जेष्ठ नागरिक र एक दलित जेष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियो। जेष्ठ नागरिकहरुको सम्मान गर्दै स्वास्थ्यचौकी प्रमुख गोमबहादुर क्षेत्रीले वृद्धवस्था स्वास्थ्य जोखीमको अवस्था भएकोले छोराबुहारीको हेरचाह आवश्यक पर्ने बताए।

प्रकाशित: २९ जेष्ठ २०७४ १०:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App