९ मंसिर २०८१ आइतबार
image/svg+xml
टेकेन्द्र बस्याल


टेकेन्द्र बस्यालका लेखहरु :

काम नसकिँदै ४० लाखको नाला भत्कियो

कोहलपुर नगरपालिकाको ४० लाख लागतमा उपभोक्ता समितिमार्फत निर्माण थालिएको कोहलपुर–नेपालगन्ज चारलेन सडकको पक्की नाला निर्माणसंगै भत्किएको छ। कोहलपुर १० स्थित चारलेन सडकको त्रिभुवन उच्चमाविदेखि गोल्छासम्मको सम्मको पश्चिम क्षेत्रमा निर्माण जारी पक्की नाला निर्माण पूरा नहुँदै भत्किएको हो।

लगातारको बर्षाले लाखौकाे इँटा नष्ट

चैत २७ र वैशाख १८, १९ गतेको बर्षात, असिना र हावाहुरीले बाँकेमा एउटै व्यवसायीको लाखौंको इँटा नोक्सानी गरेको छ।

काठ तस्करी गर्ने वडा अध्यक्ष पक्राउ

काठतस्करी मुद्दामा दोषी ठहरिएका डुडुवा गाउँपालिका ४ का वडाअध्यक्ष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले शनिबार दिउँसो ३ बजे वडाअध्यक्ष सगिर खाँलाई पक्राउ गरेको हो।

बंगुरको मासु नखाँदा जागिर गयो

सेनाको भान्सामा पकाएको बंगुरको मासु नखाएकै कारण एक सेनाका प्युठको जागिर गएको छ। नेपाली सेनाको ४ नम्बर बाहिनी बाँकेको राँझामा कार्यरत प्युठ मोहम्मद जाबिर खानको चैत १ गते जागिर गएको हो। सेनाको १४ वर्षीय जागिरे जीवनमा मासुकै विषयमा विवादका कारण जागिर गएको खानको आरोप छ।

सहकारी अध्यक्षद्वारा कर्मचारीलाई बन्धक बनाएर बलात्कार

कोहलपुरको गंगा जमुना कृषि सहकारी संस्थाका अध्यक्षले आफ्नै कार्यालयकी १९ बर्षीय कर्मचारीलाई होटलमा बन्धक बनाएर बलात्कार गरी फरार भएका छन्।

महेन्द्रका एमए विद्यार्थीबाट परीक्षा बहिष्कार

विषयबस्तु भन्दा बाहिरी क्षेत्रबाट परीक्षामा प्रश्नपत्र आएको भन्दै एमएका विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन्

स्वास्थ्यको पहुँचमा अगाडि

प्रदेश नम्बर ५ प्रदेश अन्य प्रदेशका तुलनामा स्वास्थ्य पहुँचमा सुविधाजनक देखिएको छ। यहाँका १२ जिल्लामा सानाठूला सरकारी र निजीसहित ५७ वटा सुविधाजनक अस्पताल सञ्चालनमा छन्। साविक भेरी, राप्ती, लुम्बिनी अञ्चलका अञ्चल र क्षेत्रीय अस्पताल निजी र सरकारी संरचना प्रदेश नम्बर ५ मा रहेकाले अन्य प्रदेशभन्दा स्वास्थ्य सेवा, सुविधा र पहुँचमा अगाडि देखिएको हो।

नागरिकता नहुँदा मधेसका बुहारी समस्यामा

जानकी गाउँपालिका ६ प्रिपहवाकी ४५ वर्षीय हसरतजहाँ दर्जीले विवाह गरेको २५ वर्ष भयो । उनका १९ र १६ वर्षीय दुई छोरी र १४ तथा ११ वर्षका दुई छोरा छन्।

जिएसटीले कोइलाको मूल्य अकसियो

भारतले वस्तु तथासेवा कर(जिएसटी) लागू गरेपछि यो वर्ष बाँकेका इँटा व्यवसायीले कोइला महँगोमा किन्नुपरेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष कोइलामा २५ प्रतिशत मूल्य बढेको हो ।

हात्तीले टावर ढालेपछि तीन दिनदेखि लोडसेडिङ

पश्चिमका १८ जिल्लासम्म राष्ट्रिय विद्युत प्रसारण जोड्ने बाँकेको समशेरगन्जमा विद्युत प्रसारण टावर जंगली हात्तीले ढलाएपछि तीन दिनदेखि विद्युत अनियमित भएको छ ।

इँटा उद्योगीलाई भारतीय कामदारको भर

इँटा उद्योगमा काम गर्ने दक्ष जनशक्ति नेपालमा नपाउने भएपछि यतिबेला जिल्लाका उद्योगीलाई भारतीय कामदार खोज्ने चटारो सुरु भएको छ । स्वदेशमै कामदार नपाउने भएपछि भारतीय गाउँमा गएर अग्रिम रकम भुक्तानी गर्दै कामदार ल्याउने गरिएको छ।

कोहलपुर चौराहका सुकुमबासी हटाइयो

पूर्व–पश्चिम राजमार्ग र रत्न राजमार्ग अन्तर्गत पर्ने कोहलपुर–११, चौराहमा १२ वर्षदेखि सडक अतिक्रमण गरी बसेका सुकुमबासीलाई प्रशासनले हटाएको छ । १२ वर्षदेखि व्यापारिक र घरायसी टहरा बनाएर बसेका ७२ घरधुरी सुकुमबासीलाई हटाइएको हो।

भेरी–बबई आयोजनामा पाँच सयलाई रोजगारी

राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको भेरी–बबई डाईभर्सन बहुउद्धेश्यीय आयोजनामा पाँच सय नेपाली युवाले रोजगारी पाएका छन् । उनीहरूले आयोजनाको सुरुङ पाईपका उद्योग र सुरुङ निर्माण लगायतमा काम गरिरहेका छन् । आयोजनाका अनुसार नेपाली कामदारले मासिक १६ हजारदेखि ५० हजार सम्म कमाउँदै आएका छन् ।

नेपाली आकाशमा बच्चाको जन्म

मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आइरहेको नेपाल एयरलायन्सको जहाजभित्र एक महिलाले बच्चाको जन्म दिएकी छन्। आकाशमा उडिरहेको अवस्थामा छाँयानाथ रारा नगरपालिका २ की २२ वर्षीया मायादेवी भामले छोराको जन्म दिएकी हुन्।

धानमा फौजी किराको प्रकोप

दुई साता यतादेखि राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा पाकेको धान खेतीमा फौजी किराको संक्रमण देखिएको छ। एकैपटक हजारौं हेक्टरको धान खेतीमा फौजी किरा फैलिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्