८ वैशाख २०८१ शनिबार
समाज

सहकारी अध्यक्षद्वारा कर्मचारीलाई बन्धक बनाएर बलात्कार

कोहलपुर– कोहलपुरको गंगा जमुना कृषि सहकारी संस्थाका अध्यक्षले आफ्नै कार्यालयकी १९ बर्षीय कर्मचारीलाई होटलमा बन्धक बनाएर बलात्कार गरी फरार भएका छन्। 

दुई महिनादेखि सहकारीमा काम गर्दै आएकी कर्मचारीलाई फागुनको १९ गते बन्धक बनाई ४७ बर्षीय अध्यक्ष यमबहादुर श्रेष्ठले जर्वजस्तीकरणी गरि फरार भएका हुन्। फरार सहकारी अध्यक्ष श्रेष्ठविरुद्ध पीडित युवतीले ईलाका प्रहरी कार्यालय कोहलपुरमा जबरजस्तीकरणी, शरीर बन्धक र अपहरणको मुद्दा दिएकी छिन्। श्रेष्ठ अहिले फरार रहेको तर प्रहरी तीन वटै मुद्दा दर्ता गरिसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले बताए। मुद्दा दर्ता भई म्याद थप गरिएको छ, उनले भने। 

गएको चैत १ गते श्रेष्ठमाथि तीन वटा मुद्दा दर्ता भएको छ। फरार भएको दुई हप्तासम्म पनि फरार श्रेष्ठ सम्पर्कमा नआएको प्रहरीको भनाई छ। प्रहरीले उनको खोजी गरिरहेको छ। श्रेष्ठले आफ्नै सहकर्मी कर्मचारीलाई ५ दिन काठमाडौंको एक होटलमा बन्धक बनाएर बलात्कार गरेको आरोप छ। श्रेष्ठले युवतीसंग बसेको भिडियो र फोटो देखाउँदै आफूले भनेअनुसार नगरे सामाजिक बेइज्जती गर्ने धम्की दिँदै काठमाडौं पुर्याएर बन्धक बनाएको पीडित युवतीका बुवाले बताए। मोबाइल पनि कब्जामा लिएर राखेपछि ५ दिनपछि छोरी काठमाडौंस्थित सुन्धाराको एक होटलबाट भागेर परिवारको सम्पर्कमा आएको उनले बताए। अहिले पनि छोरीको स्वास्थ्य अवस्था नाजुक रहेको परिवारको भनाई छ। 

फागुन १९ गते बन्धक बनाएकी ती युवती फागुन २४ गते परिवारको सम्पर्कमा आएकी थिइन्। परिवार र पीडित युवतीले फरार श्रेष्ठमाथि हदैसम्मको कारवाहीको माग गरेका छन्। फरार श्रेष्ठका तीन सन्तान रहेका छन्। 

प्रकाशित: १३ चैत्र २०७४ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App