८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

महेन्द्रका एमए विद्यार्थीबाट परीक्षा बहिष्कार

नेपालगन्ज – विषयबस्तु भन्दा बाहिरी क्षेत्रबाट परीक्षामा प्रश्नपत्र आएको भन्दै एमएका विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन्।

दिउँसो १२ बजेदेखि ४ बजेसम्म हुने परीक्षा विद्यार्थीले १० मिनेटमै बहिष्कार गरेका हुन्। एमए दोस्रो वर्षका मानविकी संकायका विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन्।

विषय पाठ्यक्रमभन्दा ७० प्रतिशत बाहिरबाट प्रश्नपत्र आएको परीक्षार्थी चिरञ्जीवी शर्माले बताए। फेरी प्रश्न तयार गरेर परीक्षा दिन पाउनुपर्ने विद्यार्थीको माग छ। क्याम्पस प्रमुख गणेश कुमार रेग्मीले विद्यार्थीले परीक्षा बहिष्कार गरेको बताउँदै परीक्षा केन्द्र काठमाडौंमा जानकारी दिने बताए।

प्रकाशित: २ चैत्र २०७४ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App