८ वैशाख २०८१ शनिबार
अर्थ

लगातारको बर्षाले लाखौकाे इँटा नष्ट

बर्षातले नोक्सानी पारेको बाँकेका इँटा उद्योगीहरूको काँचो इँटा। तस्बिरः नागरिक

कोहलपुर – चैत २७ र वैशाख १८, १९ गतेको बर्षात, असिना र हावाहुरीले बाँकेमा एउटै व्यवसायीको लाखौंको इँटा नोक्सानी गरेको छ। भर्खरै काँचो पारेर सुकाउन राखिएका इँटालाई पानीले भिजाउदा १५ देखि २० लाख सम्मको नोक्सानी भएको छ।

खेतबारीमा निर्माण गरिएका काँचो इँटालाई पानीले भिजाउदा करोडौंको क्षती भएको हो। खाँन इँटा उद्योग नेपालगन्ज ९ मनिकापुरका संचालक छब्बन खाँले दुई पटकको बर्षातले ८ लाख इँटा भजाउदा १६ लाखको नोक्सानी भएको बताए। सुकाउन राखिएका इँटा बर्षातले भिजाउदा जिल्लाका व्यापारीलाई करोडौंको नोक्सानी भएको खाँले बताए। 

काँचो इँटाहरूको बैंक तथा बीमा कम्पनीले बीमा नगर्ने हुँदा बर्षाले एकै उद्योगीको लाखौ नोक्सान भएको हो। रात्री र दिनको बर्षात, हावाहुरी, असिनाले क्षती धेरै भएको छ। लालीगुराँस इँटा उद्योग कोहलपुरका व्यवसायी गोपालप्रसाद पराजुलीले आफ्नो ७ लाख इँटा बर्षाले क्षती गरेको बताए।

बर्षातमात्र हुँदा बोरा र प्लाष्टिकले इँटालाई ओत लगाएपनि हावाहुरीले असर गरेको हो। बर्षातपछि अहिले इँटा उद्योगको सबै काम बन्द भएका छन्। खुल्ला स्थानमा सुकाउन राखिएका इँटा पानीले भिजाएको छ। एउकै काँचो इँटाको मूल्य ३ रुपैयाँमाथि पर्ने हुँदा यो बर्षातले लाखौं क्षतीभएको छ। पाकेको इँटामा क्षती नहुने तर भर्खरै निर्माण गरेका इँटामा असर पुगेको छ। यो बर्षातले एकसाता यता इँटा उद्योगको काम ठप्प बनाएको छ।

जिल्ला इँटा उद्योग संघका अध्यक्ष जैलुन खाँले बेमौसमी बर्षातले जिल्लाका ६५ इँटा उद्योगकोे ८ करोड बढी क्षती भएको बताए। यतिबेला इँटा उद्योगीहरू निराश अवस्थामा रहेको उनले भने। मेरो झण्डै १५ लाख इँटा नोक्सानी भएको छ, उनले भने, प्रति ईट्टा ३ रुपैयाँले पनि ३० लाखको नोक्सानी भयो।

इँटा उद्योगीलाई नराम्रोसँग पीडामा यो बर्षाले पारेको उनले बताए। जिल्लामा अहिले ६५ वटा इँटा उद्योग छन्। जहा बर्षनी ४० देखि ८० लाखसम्म इँटा उत्पादन हुन्छन्। एकै इँटामा दुई सय देखि चार सयले रोजगारी पाउँछन्।

प्रकाशित: २० वैशाख २०७५ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App