coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

जिएसटीले कोइलाको मूल्य अकसियो

खजुराको सोनपुरमा सञ्चालित टुस्टार इँटा उद्योगमा थुपारिएको कोइला । तस्बिरःटेकेन्द्र- नागरिक

कोहलपुर – भारतले वस्तु तथासेवा कर(जिएसटी) लागू गरेपछि यो वर्ष बाँकेका इँटा व्यवसायीले कोइला महँगोमा किन्नुपरेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष कोइलामा २५ प्रतिशत मूल्य बढेको हो ।

भारत सरकारले ३० जुन २०१७माजिएसटी लागू गरेको थियो । त्यसको असर नेपालका इँटा व्यवसायमा परेको छ । विगतभन्दा यो वर्ष २५ प्रतिशत बढी मूल्यमा कोइला ल्याउन व्यवसायी बाध्य छन् । खजुरा गाउँपालिका–२, सोनपुरस्थित टुस्टार इँटा उद्योगका सञ्चालक याकुब तेलीले गत वर्षको इला प्रतिकिलो १८ रुपैयाँ ५० पैसामा किनेकामा अचेल २५ रुपैयाँ ५० पैसा तिरिरहेको बताए ।

भारतीय करका कारण आफूहरु प्रतिकिलो सात रुपैयाँ महँगोमा किन्न बाध्य भएको उनले बताए । ‘जिएसटीकै कारण कोइलाको मूल्य बढेको हो,’उनले भने, ‘मूल्य बढ्दा इँटा व्यवसायको लागत बढिरहेको छ ।’ बाँकेमा अहिले ५५ इँटाउद्योग सञ्चालनमा छन् । बर्दियामा ३२ वटा इँटा उद्योग छन् ।

दुवै जिल्ला काइँटा उद्योगले यो क्षेत्रका दर्जनौ जिल्लामा घर, निर्माणमा आवश्यक इँटा पु¥याइरहेका छन् । नेपालगन्ज–२१, पुरैनास्थित एसके इँटा उद्योगका सञ्चालक तुफैल अहमदले गतवर्ष प्रतिट्याक्टर २० हजार रुपैयाँ रहेको कोइलाको मूल्य अहिले ३० हजार पुगेको बताए । जिएसटीको बहाना बनाउँदै त्यहाँका व्यवसायीले कोइला महँगोमा बिक्री गरेको उनले गुनासो गरे ।

‘हाम्रो देशमा कोइलाको सम्भावना भएपनि खोजी र बिक्रीका लागिका मगरिएको छैन,’ उनले भने, ‘भारतीय व्यापारी भने हरेक वर्ष विभिन्न बहानामा मूल्य बढाउँछन् ।’ भारतीय व्यापारीले जतिमूल्य बढाए पनि कोइलाका लागि सबै मूल्य तिर्न बाध्य भएको उनले भने । जिएसटीकै कारण कोइलाको मूल्य बढेपछि नेपाली इँटा उद्योगीमारमा परेका छन् । २५ प्रतिशतमूल्य बढ्दा इँटाको मूल्य बढ्ने सक्ने व्यवसायी बताउँछन् ।

इँटा उद्योग व्यवसायी संघ बाँके जिल्ला अध्यक्ष प्रकाश शाहले जिएसटी लागूपछि कोइलाको मूल्य २५ प्रतिशतभन्दा धेरै बढेको रयसले लागत बढाएको बताए । कोइलाको मूल्य घटाउन नेपाल सरकारले पहलगर्नुपर्ने उनको भनाइ छ । भारतमाजिएसटीले मूल्य बढेपनि नेपाली भन्सार शूल्क घटाउनुपर्ने उनको भनाइ छ  । इँटा व्यवसायीको पक्षमा सरकार र सरकारी निकाय नरहेको शाहले बताए ।

शाहका अनुसार बाँकेका ५५ इँटा उद्योगले सरकारलाई वार्षिक एक करोड १०लाख बराबर राजस्व तिर्छन् । इँटा व्यवसयी संघका अनुसार बार्षिक एक इँटा उद्योगबाट सरकारलाई २० देखि २५ लाखसम्म राजस्व जान्छ । बाँके र बर्दियाका ८७ इँटा उद्योगबाट वार्षिक ३४ करोड ८० लाख भन्दा बढी इँटाउत्पादन हुन्छ । तीउद्योगमा ३४ हजारभन्लदा बढीले रोजगारी पाएका छन् ।

 

 

प्रकाशित: ४ फाल्गुन २०७४ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App