१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
मेघराज तामाङ


मेघराज तामाङका लेखहरु :

संखुवासभा दुर्घटना अपडेट : बेपत्ता सबैको पहिचान खुल्यो, खाेजी कार्य जारी

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी मिम बहादुर लामाका अनुसार बेपत्ता हुनेमा चालक खाँदबारी नगरपालिका–९ सन्तोष विश्वकर्मा, खाँदबारी–९ का संगम श्रेष्ठ, सदीक्षा श्रेष्ठ, दुई महिने बालक समीर श्रेष्ठ, प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर रहेका छन् ।

अरुण नदीमा जीप खस्यो, ६ जना बेपत्ता

संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १०ः१५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिए ।

तीन देश जोड्ने सडक बन्न २३ किलोमिटर बाँकी, काममा ढिलार्इ

त्रिदेशीय लिंक रोडको रुपमा निर्माणाधिन जोगवनी—किमाथाङ्का कोशी राजमार्ग जोडिन अब २३ किलोमिटर मात्रै बाँकी रहेको छ। मोरङ जिल्लाको रानी हुँदै जोगबनीदेखि संखुवासभाको किमाथाङ्का नाका जोड्न कूल ३ सय ९० किलोमिटर मध्ये ३ सय ६७ किलोमिटर ट्रयाक खोली सकिएको छ।

जेष्ठ नागरिकलार्इ घरमै भत्ता

खाँदबारी नगरपालिकाका जनप्रतिनिधिले जेष्ठ नागरिकको भत्ता घर घरमा पुगेर वितरण गरेका छन्। नगर कार्यपालिकाले ८० वर्ष माथिका जेष्ठ नागरिकलाई दशैं, तिहार खर्च भन्दै प्रतिव्यक्ति २ हजारका दरले दिने निर्णय गरेको थियो।

दोहोरो करले रुद्राक्षकाे किनबेच घट्यो, क्लिप लगाउने कार्य अझै राेकिएन

रुद्राक्षको राजधानी भनेर चिनिने पहाडी जिल्ला भोजपुर र संखुवासभामा पछिल्लो समय रुद्राक्षमा लगाइएको दोहोरो करका कारण खरिदबिक्रिमा कमी अाएकाे छ।

चिनियाँ रुद्राक्ष व्यापारीलाई हिरासतमा राख्न म्याद थप

रुद्राक्ष खरिद बिक्रीको विषयलाई लिएर कुटपिटमा संलग्नलाई १० दिनको म्याद थप गरिएको छ। चार चिनियाँ रुद्राक्ष व्यापारीलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ३५ वर्षीय लिनान, ४० वर्षीय लिउछिन, ३८ वर्षीय हाउ साउहुइ र ४५ वर्षीय लीन तान्वीन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पोखरेले जानकारी दिए। उनीहरुलाई १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

चक्रबहादुरको दशैं बन्यो दशाः घर जल्यो, छोरा घाइते

संखुवासभा, सभापोखरी गाउँपालिका २ धुपूका चक्र बहादुर भट्टराई विगत वर्षझैं दशैं मनाउने तयारीमा थिए। तर उनको दशैं उस्तै नबनेर दशामा परिणत भयो। सोमबार जिल्ला अस्पताल खाँदबारीको शैयामा घाइते छोराको साथमा आएका भट्टराईको अष्टमीका दिन घरसंगै सारा सम्पति जल्यो।

संखुवासभा : सम्भावना बोकेका पर्यटकीय स्थल (फोटो फिचर)

विश्वको पाँचौं अग्लो मकालु हिमालदेखि विश्वकै सबैभन्दा होचो अरुण उपत्यका, सभापोखरी, पाँच पोखरी, गुफा पोखरी, लाली गुराँसको राजधानी तीनजुरे मिल्के जलजले संखुवासभाका चर्चित पर्यटकीय तथा धार्मिक स्थलहरु हुन्। भौगोलिक विविधताले भरिएको यो जिल्लालाई पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थानको रुपमा लिने गरिन्छ।

संखुवासभा–हिले सडक दैनिक ९ घण्टा बन्द गरिने

संखुवासभा र धनकुटाको हिले जोड्ने संखुवासभा–हिले सडकखण्ड दैनिक ९ घण्टा बन्द गरिने भएको छ। वर्षायाममा यात्रुहरूलाई समस्या भएको भन्दै यो सडकखण्कोे स्तरोन्नती गरिने भएको छ।

कर्मचारीबाटै ६८ लाख राजश्व अपचलन

विगत १० वर्षदेखि तत्कालिन जिल्ला विकास समिति मार्फत लाग्ने जिल्ला निकासी र तारघाट राजश्व जम्मा हुन सकेको छैन्। जिल्ला निकासी र तारघाट बापतको ८२ लाख २१ हजार राजश्व ठेकेदार र कर्मचारीकै मिलेमतो अपचलन भएको खुलेको छ।

मृगलार्इ हानेकाे गाेलीले दार्इकाे ज्यान लियाे

शिकार खेल्न गएका एक युवकको आफ्नै भाईले चलाएको गोली लागि ज्यान गएको छ। ज्यान जानेमा मादी नगरपालिका ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङ रहेका छन्।

सभापोखरीबाट फर्किने क्रममा तीर्थयात्रीको मृत्यु

संखुवासभाको धार्मिक तथा पर्यटकिय स्थल सभापोखरीबाट फर्किने क्रममा तीर्थयात्रीको बाटोमा नै मृत्यु भएको छ।

अरुण ३ का जोखिमका बस्ती सारिने

संखुवासभामा निर्माणाधिन बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत परियोजनाबाट १४ घर जोखिममा परेका छन्। आयोजनाको ड्याम साइड निर्माण स्थल मकालु गाँउपालिका ३ मा रहेको नयाँ बस्ती जोखिममा परेको हो।

अरुणको पानी तुम्लिङटारमा

खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा सिँचाईका लागि सुरु गरिएको लिफ्टिङ सिँचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्