८ वैशाख २०८१ शनिबार
चाँदनी हमाल


चाँदनी हमालका लेखहरु :

मिथिला कलामा विगत र वर्तमान

सन १९७० को दशकमा उनी तराईबाट राजधानी छिर्दा आफ्नी आमासँग पशुपति दर्शन गर्न पुगेका थिए। पशुपतिमा बाँदरको हुल देखेपछि उनको मानसपटलमा ‘पशुपति’ सम्झने माध्यम जवान हुँदासम्म ताजै थियो। तर उनी कलाकार बनेर राजधानी छिरेर पशुपति पुग्दा ७० को दशकको बाँदरको हुल हेर्न पाएनन्। बाँदर हेर्न नपाए पनि उनले सडकबाटै टलक्क टल्केका सुनौला छानालाई दर्शन गरे।

गैरसरकारी संस्थाबारे सरकारी चासो

नेपालको संविधान, २०७२ ले मिश्रित आर्थिक तथा विकास प्रणालीलाई स्वीकार गर्दै सरकार, सहकारी र निजी क्षेत्रको सहभागिता हुनुपर्ने उल्लेख गरेको छ। यही तीन खम्बे अर्थनीतिबाटै देशको अर्थतन्त्र र विकासलाई समाजवादउन्मुख बनाउँदै समाजवादका लागि आधार निर्माण गर्ने संविधानमा उल्लेख गरिएको छ।

सङ्गीतमा सिर्जनशील प्रिन्स

मेरले ११ वर्षको उकालो चढ्दैछन्। तर उनको यात्रा भने कुनै वयष्क व्यक्तिको भन्दा कम छैन। स्वरको जादुले भिडलाई लठ्ठ बनाउने कला छ। उनी झन् खारिँदैछन्।  उनी हुन्, गायक प्रिन्स सिलवाल।

मनको ज्योतिले...

उनी बाहिरी आँखा देख्दैनन् तर, आँखा देख्नेहरूलाई अन्याय पर्दा अदालतमा बहस गरेर जिताउँछन्। अचेल गुल्मीको एउटा गाउँमा शिक्षाको ज्योति पनि बालिरहेका छन् उनी। उनले आफूजस्ता दृष्टिविहिनका लागि राज्यका तर्फबाट थुपै्र अधिकार लिन अगुवाई गरिसकेका छन्। उनी हुन् नेपालकै पहिलो दृष्टिविहिन अधिवक्ता लक्ष्मणप्रसाद ज्ञवाली।

नेपाल यात्रामा नेत्सुके कला

एउटा गोही र पुतलीको आकारबीच हजारौं गुणा सानो वा ठुलोको भिन्नता हुन्छ। कमिलाको आकारलाई बिर्सेर मानिसलाई पनि कुनै बट्टाभित्र अटाउने आकारमा राख्नु कल्पना बाहिरको कुरा हो। राजधानीको जापानी राजदुतावासमा जापान फाउण्डेसनले आयोजना गरिरहेको ‘नेत्सुके कला प्रदर्शनी’मा यस्तै ठुला आकारका जीवजीवात्मा निकै सुक्ष्म आकारमा सजीव देखिए। काष्ठकलामा सुक्ष्मकलाको नमुनाका रूपमा राखिएको कलामा सुक्ष्मताबाटै पारखीले वृहत अनुभव बटुले।

ललितकला र संगीत नाट्यविरुद्ध सर्वोच्चमा रिट

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा ऐन विपरित पदाधिकारी नियुक्त गरिएको भन्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। कलाकारद्वय गेहेन्द्रमान अमात्य र नगेनसिंह ठकुरीले ललितकलामा सरकारले गरेको नियुक्ति उल्टो प्रक्रियाबाट भएको भन्दै सर्वोच्चमा रिट हालेका हुन्। रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, संस्कृति तथा पर्यटन मन्त्रालय र मन्त्री तथा ललितकला प्रज्ञा प्रतिष्ठानमा हालै नियुक्त भएका कुलपतिसहितका पदाधिकारीलाई विपक्षी बनाइएको छ।

‘गोरु आफु जुधेर अरुलाई रमाइलो दिन जन्मेको हैन’

गत पुसको मध्यतिर चितवनमा भएको ‘हात्ती महोत्सव’मा हात्ती दौड भयो। हात्तीका छावालाई फूटबल खेलाइए। हात्तीको सौन्दर्य प्रतियोगिता नै भयो। नुवाकोटको तारुका, धादिङलगायतका स्थानमा माघे संक्रान्तीका दिन मंगलबार गोरु जुधाइयो।

‘तेस्रोलिंगीको पहिचान हुनुपर्छ’

‘म तपाईंहरूकै छोरी, दिदीबहिनी हुँ। म यसरी नै बाँच्न चाहन्छुु’, तेस्रोलिंगी भूमिका श्रेष्ठले यसो भनिरहँदा उनकी आमा नुमाया श्रेष्ठका आँखा अनायासै रसाए। पुरुष अस्तित्वबाट नारी अस्तित्वमा रूपान्तरण हुँदाको संघर्षका दिनमा एक अभियन्ता, मोडल, मिस पिंक अनि नायिका हुँदै आत्मकथाको लेखक बनेकी भुमिकाको छलाङ्को खुशी नुमायाको आँखामा प्रष्ट देखिन्थ्यो। छोरा कैलाश जन्मिदा उनले त्यही छोरा भूमिकाका रूपमा आफ्नो पहिचान बनाउनेछिन् भन्ने नुमायाले सोचेकी पनि थिइनन्।

‘काममा मलाई हिटलर नै भन्छन्’

रेडियो नेपाल, नेपाल टेलिभिजन हुँदै फिल्मसम्मको यात्रामा आउँदा कलाकार भनेर चिनिएकी दीपाश्री निरौलाले अहिले सफल निर्देशकको पहिचान बनाइसकेकी छन्। रेडियो नेपालमा सहकर्मी दीपकराज गिरीसँग ‘धनिया’ र ‘रामबिलास’को जोडी भएर कार्यक्रम चलाएपछि दीपाश्रीले पछाडि फर्केर हेर्नु परेन।

कला इतिहास खोतल्दै मेहता

नेपाली कलाको इतिहासलाई भारतको कुशान कलाको इतिहाससँग जोडेर हेर्ने गरिन्छ। तर नेपाली कलाको वास्तविक इतिहासले फरक कालखण्ड बोकेको छ भन्ने विषय कला समिक्षकको नजरमा पर्न सकेको छैन्। महिषपाल, गोपाल वंश हुँदै आधुनिक कालखण्डको इतिहास सहजै कला जगतमा पाइन्छ। तर त्यसअघिको नेपालको कलाको इतिहासको लिखित अभिलेख वीरलै भेटिन्छन्।

अचार र मासुका सौखिन स्वरसम्राट्

गत मंसिर १९ मा महाराजगञ्जस्थित स्वरसम्राट नारायणगोपाल निवासमा संगीतकर्मी, साहित्यकार र कला अनुरागीले उनको २८ औं स्मृति दिवस मनाइरहँदा त्यही भीडमा ढाका टोपी लगाएका एक अधवैशे व्यक्ति सामान यताउता सारिरहेका थिए। नारायणगोपाल संगीतकोषले आयोजना गरेको सम्मान कार्यक्रममा आएका निम्तालुको स्वागत सत्कारदेखी कार्यक्रम सकिएपछिको सामान मिलाउन तिनै व्यक्ति सक्रिय थिए।

‘हेरिटेज एण्ड अनेष्ट पिपूल’मा रुपकका चित्र

ओखलढुंगाका रुपक राई भिजुअल आर्टमा रुची राख्छन्। तर उनको कलाज्ञान त्यहाँमात्र सिमित छैन्। एक्रोलिक रङ हुन् वा पानी रङको तरंग सबैमा आफ्नो कुची चलाउन खप्पिस छन्। आफ्नो कला अध्ययनबाट कला प्रदर्शनको एकल यात्राको पहिलो पाइलामै उनले कला पारखीलाई आफुभित्रको विविधतायुक्त कलात्मकताको अवलोकन गराएका छन्। संयुक्त कला प्रदर्शनीमा उनका एकाध कला हेरेका पारखीले उनको कलात्मक विविधताको फरक स्वाद चाखेका छन्।

ललितकला र संगीत नाट्य प्रतिष्ठानको नियुक्ति अन्यौलमा

भाषा साहित्य वाङ्मयको विकासका लागि गठित नेपाल प्रज्ञा प्रतिष्ठानले पूर्णता पाएको छ। कला, संस्कृति र नेपाली भाषा साहित्यका लागि गठन भएका तीन प्रज्ञा प्रतिष्ठानमध्ये नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद र प्राज्ञहरूको नियुक्ति भएसँगै यसले पूर्णता पाएको हो।

चोभार डाँडामा उभिँदै मञ्जुश्री

ऐतिहासिक पात्र मञ्जुश्री चोभारको डाँडामा उभिएका छन्। चित्र र कल्पनामा रहेका मञ्जुश्रीलाई अब मानिसले भौतिक रुपमै भेट्न पाउने छन्। उनको अग्लाई उचाइमा मात्र हैन, ऐतिहासिक रुपमा पनि उचो छ। यहाँ मूर्तिकार चन्द्रश्याम डंगोलले झण्डै ६ वर्षदेखि मेहनतबाट ३३ फिटको मञ्जुश्रीको मूर्ति तयार पारेका छन्।

मौलिक शब्दमा रमाउँदै दर्शक

२१ औं शताब्दीको माहौलमा विश्व रमाइरहँदा विश्वभर बोलिने भाषा पनि समय अनुसार परिस्कृत हुँदै गएका छन्। भाषा परिस्कृत भए पनि बोलीचालीका भाषामा भने परिस्कृतपन कमै भइरहेको उदाहरणका रुपमा गीतसंगीतलाई नियाल्दा हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्