संखुवासभा – संखुवासभाको मादी नगरपालिका ४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर २ जनाको ज्यान गएको छ । आइतबार बेलुका ४ बजे घर पोत्ने रातोमाटो खन्ने क्रममा ढिस्कोले पुरिएर सासु, बुहारीको ज्यान गएको हो।
ज्यान गुमाउनेमा मादी नगरपालिका ४ की टीकामाया विश्वकर्मा र उनकी बुहारी मनिषा विश्वकर्मा रहेका छन् । ढिस्कोले पुरिएर उनीहरुकोे घटनास्थलमै मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ।
प्रकाशित: ७ फाल्गुन २०७४ ०६:०७ सोमबार