२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

नवरात्र  सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको छ।

नवरात्रमा यी शक्तिपीठमा हजारौँ भक्तजन आउने गरेका स्थानीय बद्री पैकराले बताए। भारतबाट पनि  धेरै भक्तजन पूजा गर्न आउने गरेका छन्। घटस्थापनाका दिनदेखि नै यी शक्तिपीठमा देवीका उपसक र भक्तहरू भजन तथा देवीस्तुतिका साथ पूजार्चना गरिरेका छन्। रासस

प्रकाशित: २३ आश्विन २०८१ ११:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App