९ आश्विन २०८१ बुधबार
image/svg+xml

संसद्मा प्रमुख दलको सक्रियता

दलहरू सच्चिने क्रमको थालनी प्रमुख विपक्षी नेकपा (एमाले)बाटै सुरु भएको छ। लामो समयदेखि संसद् अधिवेशन अवरोध गर्दै आएको एमालेले अब यसलाई सहज गराउन थालेको छ।

संसद् अवरोध नगर्ने मुडमा प्रतिपक्ष

प्रमुख प्रतिपक्षी नेकपा एमाले नौ महिनादेखि जारी राखेको प्रतिनिधिसभा बैठकको अवरोध एकाएक हटाउन तयार भएको छ।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्ष पूरा हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ।

पाकिस्तानमा राजनीतिक संकट

पाकिस्तानमा सत्ता आउन र टिकिरहन त्यहाँको सैनिक संस्थापनको समर्थन महत्त्वपूर्ण मानिन्छ। पछिल्ला दिनमा खानले सैनिक समर्थन गुमाएको समीक्षकले बताउँदै आएका थिए।

पाकिस्तानमा राजनीतिक संकट

प्रधानमन्त्री खानको पार्टीसँग आबद्ध उपसभामुखले प्रतिपक्षी दलले पेस गर्न खोजेको अविश्वासको प्रस्ताव रोकेका थिए। अविश्वासको प्रस्ताव पास हुने अपेक्षा गरिएको थियो। अविश्वासको प्रस्ताव छल्न प्रधानमन्त्री खानले गरेको संसद् विघटनको सिफारिसलाई उनकै पार्टीसँग आबद्ध राष्ट्रपति अरिफ अल्भीले स्वीकृत गरेका हुन्। प्रधानमन्त्री खानले नयाँ निर्वाचन हुने घोषणा गरेका छन्।

‘पैसा र पावर हुने छुट्छन्, नहुने जेलमै कोचिन्छन्’

इलाम कारागारका कैदी–बन्दीले एउटै अपराधमा संलग्नलाई दुईखाले सजाय भइरहेको गुनासो गरेका छन्।

कोरम नपुग्दा संसदीय सुनुवाइ भएन

संसदीय सुनुवाइ समितिको बैठक बस्न कोरम नपुग्दा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको सुनुवाइ आइतबार हुन सकेन।

संसदीय प्रभावकारितामा सीमा

संसद्लाई प्रभावकारी बनाउने मुख्य जिम्मेवारी प्रमुख विपक्षलाई जान्छ। अहिलेको प्रमुख विपक्ष नेकपा (एमाले) ले संसद्लाई हल न चलको स्थितिमा पुर्‍याएको हो। यसैकारण संसद् अधिवेशन हठात अन्त्य भएको छ।

संसद्मा पार्टी नीतिविपरीत रावल

‘राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता पार्टीभन्दा माथिका विषय हुन्। यो विषयमा बोल्दा पार्टीसँग अनुमति लिइरहनुपर्दैन।’

कति सम्भव ?

‘विश्वासको मत कायम रहेको प्रधानमन्त्रीले संसद् विघटन गर्न मिल्दैन, यसैले संसद् जीवित रहँदै ५/६ महिनाअघि प्रतिनिधिसभा निर्वाचन सम्भव नै छैन।’ भीमार्जुन आचार्य, कानुनविद्

एमसीसी सदनबाट निष्कर्षमा पुग्ने वातावरण तयार भयो: सञ्चारमन्त्री कार्की

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा नेपाली कांग्रेस र नेकपा (एमाले) का अन्य शीर्षनेताहरूसमेत सहभागी उक्त छलफलमा संसद्को अवरोध हटाउने र एमसिसीलाई गहन छलफल गरेर सहमतिका साथ पारित गराउनेबारे कुराकानी भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

जनप्रतिनिधिले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिलाई अनुरोध गरेका छन्।

‘निर्णय सार्वभौम संसद्बाट’

मन्त्रालयले आइतबार अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) नेपाल कम्प्याक्टबारेमा मिडियाको जिज्ञासाबारे सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ, ‘विकास सहायताले नेपालको पूर्वाधार निर्माण र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

एमसिसीमा देउवाको दर्बिलो अडान

तीन महिनाअघि एमसिसीका पक्षमा बोल्दा आफू त्रसित भए पनि अहिले परिस्थिति फेरिएको उनले बताए। एमसिसीका पक्षमा देउवा र कांग्रेसको अडानले देशको डुब्न लागेको साख जोगिएको पण्डितको तर्क छ। ‘अन्तर्राष्ट्रिय मञ्चमा हामी डुब्नै लागिसकेका थियौं।

प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी संसद्को कार्यसूचीमा

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको संसद्को कार्यसूचीमा अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता लगायत विषयलाई समावेश गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्