९ आश्विन २०८१ बुधबार
image/svg+xml

एमसिसीमा सभामुखको भूमिका ‘अस्वाभाविक’

यतिबेला सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठिरहेको छ। उनी संसद्को कार्यकारी अधिकार आफूमा निहित रहेको प्रतीत हुनेगरी प्रस्तुत भइरहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीको प्रस्ताव सदनमा राख्न खोज्दा सबैभन्दा बढी बाधक सभामुख देखिएका छन्।

एमसीसीको पक्षमा मोटरसाइकल र्‍याली

एमसीसीको विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा आज प्रदर्शन गरिएको छ।

कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

सभामुख सापकोटाले संसद् भवन, नयाँबानेश्वरमा बिहान ११ः३० बजे समितिको बैठक आह्वान गरेकाे संसद् सचिवालयले जनाएको छ।

प्रधानन्यायाधीशविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरूले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।

प्रतिनिधिसभा बैठक फागुन २ गते

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा आज साँझ जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ।

गैर सरकारी विधेयक संसद्मा दर्ता हुनै छाडे

संसद्मा सरकार निर्माण, कानुन निर्माण, संसदीय अनुगमन, संसदीय सुनुवाइ भइ रहँदा गैर सरकारी विधेयक ल्याउने अभ्यास भएको छैन। २०१६ सालमा गैर सरकारी विधेयक ल्याइएको पाइँदैन तर २०४७ सालमा पटकपटक गरी १३ वटा गैरसरकारी विधेयक संसद्मा दर्ता भएका छन्। ती विधेयकहरूमध्ये मुस्किलले तीन विधेयक पारित भएको अवस्था छ।

गठबन्धनमा एमसिसी अल्झनः सहमति नहुँदा संसद् स्थगित

पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकपछि प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको हो। प्रतिनिधिसभाको आइतबार १ बजेका लागि बोलाइएको बैठक स्थगितको सूचना जारी गर्न शनिबार राति कार्यव्यवस्था परामर्श समिति सम्बद्ध कर्मचारीलाई आदेश भएको थियो।

आफू माथि पर्ने दाहालको दाउ

स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा नआए संघीय निर्वाचनमा गठबन्धनले निरन्तरता पाउन नसक्ने बुझेको माओवादी आफ्नो अनुकूलताका लागि पहिला संघीय निर्वाचनको पक्षमा उभिएको हो ।

अनिर्णयको बन्दी बन्दै संसद्ः तलब लिन्छन् काम गर्दैनन्

संसद्भित्रको साउनदेखि यता मात्रै साढे १७ करोडभन्दा बढी खर्च भएको देखिन्छ। सांसदहरू र पदाधिकारीको तलब भत्तादेखि उनीहरूले राखेका ३ सय जना मात्र पिए छन्। संसद् अवरुद्ध गर्ने दल एमालेका सबैभन्दा बढी सांसद रहेकाले सबैभन्दा बढी सेवा सुविधा एमाले पार्टीले नै संसद्बाट लिएको देखिन्छ।

संसद् बसेको ६० दिनभित्र प्रतिस्थापन विधेयक आउला ?

संसद्ले डेढ वर्षयता विधेयक पारित नगर्दा पछिल्लोपटक एउटा पनि विधेयक संसद्मा दर्ता भएको छैन। अहिले संसद्मा ५७ विधेयक अलपत्र रहेका छन्।

संसद् बैठक नबस्दा अलमलमा सांसद

पछिल्लो पटक संसद् बैठक कोरोनाका कारण स्थगित भएको संसद सचिवालयले सूचना जारी गरे पनि पटकपटक संसद् बैठक स्थगित हुँदा धेरै सांसद के कारणले स्थगित भयो भन्ने विषयमा अनभिज्ञ देखिएका छन्।

संसद्का एक वर्षः संसद् जोगाउनु नै उपलब्धि

सरकारले यो अधिवेशनमा अमेरिकन मिलिनियम च्लालेन्ज कर्पोसिसी) पारित गर्ने योजना बनाए पनि प्रतिपक्षी दल एमालेको सहयोग नपाएपछि संसद् बैठक स्थगित गर्न खोजेको देखिएको एमालेका एक नेताले बताए। ‘सरकारले अन्य विषय अघि बढाउन नखोजेको र एमालेले संसद् अवरुद्ध तत्काल हटाउन नखोजेको देखिन्छ,’ संसद् सचिवालयका एक अधिकारी बताउँछन्।

भारतीय संसद्का ४ सय बढी कर्मचारीमा कोभिड सङ्क्रमण

सबै नमूनाहरू ओमिक्रोन भेरियन्ट कन्फर्मेसनको लागि जीनोम सिक्वेन्सिङमा पठाइएको छ

देउवा-ओली भेटवार्ता: संसद् गतिरोध अन्त्य होला?

‘प्रधानमन्त्रीले संसद्को गतिरोध अन्त्य गरौं भन्नुभयो। ओलीले एमालेका कारण गतिरोध भएको होइन, सभामुखले जे गतिविधि गर्नुभयो, त्यो एमाले विभाजनका लागि गरिएको थियो, त्यो गल्ती सभामुखले महसुस गर्नुपर्छ, माफी माग्नुपर्छ भन्नुभयो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्